माछापुच्छ्रे बैंकको थप ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा


२५ आश्विन २०७५, बिहीबार
Photo2 EezpoXeYRe

काठमाडौं,२५ असोज ।  माछापुच्छ्रे बैंक लिमिटेडले तनहुँ र खोटाङ्गमा ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्गको रुपाकोट मझुवागढि नगरपालिका, खोटाङ्गको हलेसी तुबचुङ्ग नगरपालिका ९च्यास्मीटार०, खोटाङ्गकै हलेसी तुबचुङ्ग नगरपालिका ९धितुङ्ग० मा थप ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ३३ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त ९रियल टाइममा० खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७