स्टार खेलाडीबिना नै अर्जेन्टिनाको शानदार जित


२६ आश्विन २०७५, शुक्रबार
wire 4969298 1539290322

काठमाडौं,२६ असोज । मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले इराकलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

लियोनल मेस्सी, सर्जियो अग्युरो, गोन्जालो हेगुइन नखेलेको खेलमा अर्जेन्टिनाले इराकमाथि ४–०ले पराजित गर्दा अधिकांश युवा खेलाडीहरु मैदान उतारेको थियो ।

खेलको १८ औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमो १ गोल गरेको अर्जेन्टिनाले बाँकी तीन गोल दोस्रो हाफमा गरेको थियो ।

५३औं मिनेटमा रोबर्टो परेराले पाउलो डिबेलाको पासमा गोल गर्दै अर्जेन्टिनालाई २–० को अवस्थामा पुर्याएका थिए । यसैगरी जर्मन पजेलाले ८२औं मिनेटमा गोल गर्दा इन्जुरी समयको पहिलो मिनेटमा फ्रान्को इमान्यूल केर्भीले गोल गर्दै अर्जेन्टिनाको स्कोर ४–० पुर्याएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७