नेपालको विश्वका १६३ देशसँग सम्बन्ध


२६ आश्विन २०७५, शुक्रबार
download 3

काठमाडौं, २६ असोज । नेपाल र सुरीनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको बाह्य सम्बन्ध विश्वका १६३ देशमा विस्तार भएको छ ।

download 3

दुई पक्षीय सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा आज न्यूयोर्कमा हस्ताक्षर भएको हो । संयुक्त राष्ट्रसंघका लागि नेपाल र सुरीनामको स्थायी नियोगका उपप्रमुखहरू क्रमशः निर्मलराज काफ्ले र किट्टी स्वीबले उक्त दस्तावेजमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र सुरीनामबीच दुई पक्षीय र बहुपक्षीय तहका साथै संयुक्त राष्ट्रसंघ असंलग्न आन्दोलन एवम् जी ७७ मा सहकार्य गर्न कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७