अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित


२६ आश्विन २०७५, शुक्रबार
12

काठमाडौं, २६ असोज । नेपाल ओकिनावा सुरिकेन सोरिनरियो कराते संघले आफ्ना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

12

सिङ्गापुर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका काँस्य विजेताद्वय आर्यन रञ्जित, सागर शाही तथा थाइल्याण्ड ओपन कराते च्याम्पियनसिपकी रजत विजेता कृति गौतम र काँस्य विजेता डिगम्बरप्रसाद पन्तलाई सम्मान गरेको हो ।

सोही अवसमा गत साता भक्तपुरमा भएको विद्या आर्जन उपत्यकाव्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको कुमुते ५० केजीमा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडी घोषित भएकी आयुष तामाङलाई पनि सम्मान गरिएको थियो ।

पाँचै जना खेलाडीलाई संघका उपाध्यक्ष रोशन विष्टले जनही रु पाँच हजारसहित सम्मान गरे । सो अवसरमा पाँचै पदक विजेतालाई संघका सल्लाहकार एवं नेपाल भारोत्तोलन संघका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले सात हजार मूल्य बराबरको झोला पनि प्रोत्साहन स्वरुप खेलाडीलाई प्रदान गरे ।

कलिलै उमेरमा अन्तर्राष्ट्रिय पदक जिते वापत आठ वर्षीय आर्यनलाई संघका उपाध्यक्ष किशनराज सिंहले २० हजार प्रदान गरे । संघका सदस्य अच्यूत लामिछानेले पनि प्रोत्साहन स्वरुप आर्यनलाई पाँच हजार प्रदान गरे ।

नेपाल तेक्वान्दो संघ काठमाडौँले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । संघले बिहीबार एक कार्यक्रमको आयोजना गरी यस वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको हो ।

यसै वर्ष अस्ट्रेलियामा भएको गोल्ड कोस्ट ओपन तेक्वान्दो, थाइल्याण्डको चौथो हिरोज तेक्वान्दो, वाटा तेक्वान्दो च्याम्पियनसिप र मकाउमा भएको मकाउ ओपन तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता ४२ खेलाडीलाई सम्मानित गरेको कार्यसमितिका सचिव कुमार लामा घिसिङले जानकारी दिए ।

पदक विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) केशवकुमार विष्ट, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिशवर पोख्रेल, तेक्वान्दो संघ प्रदेश–३ का अध्यक्ष केशव पुरीलगायतले सम्मानपत्रद्वारा सम्मानित गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७