अब केन्द्रको भन्दा प्रदेश र स्थानीय तहका कर्मचारीको तलब र सुविधा बढी


२६ आश्विन २०७५, शुक्रबार
Karmachari

काठमाडौं, २६ असोज । के तपाई प्रदेश र स्थानीय तहको कर्मचारी हुनुहुन्छ ? तपाईका लागि खुशीको खबर ।

Karmachari

अब प्रदेश र स्थानीय तहका कर्मचारीले केन्द्रका कर्मचारीले भन्दा बढी सुविधा पाउने भएका छन् । सरकारले कर्मचारी समायोजन ऐन २०७४ संशोधन गर्ने तयारी थालेको छ ।

अधिकांश कर्मचारीले केन्द्र तथा सुविधाजनक क्षेत्र मात्र ताक्ने अवस्था आएपछि प्रदेश र स्थानीय तहमा आकर्षण बढाउनका लागि ऐन संशोधन गर्न लागिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएका छन् ।

केन्द्रभन्दा प्रदेश र स्थानीय तहका कर्मचारीलाई बढी सेवा सुविधा हुनेगरी कर्मचारी समायोजन ऐन संशोधनको तयारी भएको हो । केन्द्रमा कर्मचारीको धेरै आर्कषण, प्रदेश र स्थानीय तहमा जान नमान्ने भएपछि प्रदेश र स्थानीय तहमा आर्कषण थप्ने गरी ऐन संशोधनका लागि प्रक्रिया अघि बढेको छ ।

ऐनमा के कस्ता नयाँ व्यवस्था गर्ने भन्नेबारेमा संशोधनको मस्यौदा बनाउने काम भइरहेको मन्त्रालयका प्रवक्ता अधिकारीले बताए ।

अहिलेको कायम ऐनमा एउटा तहबाट अर्को तहमा कर्मचारी सरुवाको व्यवस्था पनि रहेको छ । एउटा तहबाट अर्को तहमा सरुवा गर्ने प्रक्रिाले कर्मचारी प्रशासनमा अस्थीरता ल्याउने मन्त्रालयको ठहर छ ।

संशोधन गरिने ऐनमा जुन तहमा कर्मचारी गएको छ त्यही तहमा बसेर काम गर्नुपर्ने व्यवस्था हुनेछ । केन्द्र तहका लागि भर्ती भएको कर्मचारी सोही तह अन्र्तगतका कार्यालयमा मात्र सरुवा हुनेछ भने प्रदेश वा स्थानीय तहका लागि गएका कर्मचारी पनि आफ्नो तहको क्षेत्रभित्र मात्र सरुवा बढुवा हुन पाउने छन् ।

सफ्टवेयरका सहयोगमा समायोजन
कर्मचारी समायोजनका लागि मन्त्रालयले सफ्टवेयर प्रयोग गर्ने भएको छ । कार्यालय प्रमुखले वा कर्मचारीको जोडबलका आधारमा कर्मचारीको कार्यक्षेत्र तोक्ने भन्दा पनि मेनिले नै कर्मचारीको कार्यक्षेत्र चयन गर्ने व्यवस्था गरिन लागेको हो ।

सफ्टवेयरले नै कर्मचारीको कार्यक्षेत्र निर्धारण गर्ने र सोही आधारमा कर्मचारी कार्यक्षेत्रमा जानुपर्ने व्यवस्था गर्न लागिएको हो । यो सफ्टवेयर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७