नेपाल सिंगापुरविरुद्ध बलिङ गर्दे, तेस्रो ओभरमै लियो दुर्इ विकेट


२६ आश्विन २०७५, शुक्रबार
Nepali cricket

काठमाडौं, १६ असोज । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को अन्तिम खेलमा आज नेपालले सिंगापुरविरुद्ध खेलिरहेको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले सिंगापुर विरुद्ध बलिङ गरिहेको छ । भने नेपालको ओपनर बलर सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमा विकेट लिएको छ ।

यस्तै सोमपालले नै तेस्रो ओभरको दोस्रो बलमा दोस्रो विकेट लिएको छ । सिंगापुरले अहिले ३ ओभरको समाप्तीमा १८ बनाएको छ ।

प्रतियोगितमा अपराजित रहेको नेपाल उपाधिको एक्लो दाबेदारको रुपमा हेरिएको छ । नेपालसहित सिंगापुर पनि प्रतियोगितामा अपराजित रहँदै समान ५ खेलमा समान १० अंक निकाल्दै छनोट भएका छन्।

अंकतालिकामा नेपाल नेट रन रेटका आधारमा पहिलो र सिंगापुर दोस्रो स्थानमा रहेका छन् ।
पछिल्लो समय डिभिजन ४ को फ्रम्यार्टको क्रिकेट खेलिरहेको सिंगापुर र ‘वान डे’ मान्यता पाएको नेपालको खेलस्तर फरक छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७