नेपालको कसिलो बलिङसामु सिङ्गापुर निरीह, ८१ रनमै समेटियो


२६ आश्विन २०७५, शुक्रबार
86 444181539095846

काठमाडौं, २६ असोज । मलेसियामा जारी आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालको बलिङसामु सिङ्गापुर निरिह बन्दै ८१ रनमै समेटिएको छ ।

86 444181539095846

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले कीर्तिमान बनाएको खेलमा सिङ्गापुरले १७.३ ओभरमा सबै विकेट गुमाउँदै केबल ८१ रन जोड्न सफल भएको हो ।

उसका लागि सुरेन्द्र चन्द्रमोहनले ३२ बलमा सर्वाधिक २५ रन बनाए । सिङ्गापुरका मनप्रीत सिंह र सिधान्तले समान १०-१० रन जोडे । उसका अन्य कुनै खेलाडीले दोहोरो स्कोर गर्न सकेनन् ।

सिङ्गापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले आज पनि चार विकेट लिए । त्यसैगरी सोमपाल कामीले २ विकेट लिन सफल भए । अर्को दुई विकेट करण केसीको नाममा रह्यो । अन्य १-१ विकेट वसन्त रेग्मी र ललित राजवंशीको नाममा रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७