‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेल बराबरी


२६ आश्विन २०७५, शुक्रबार
Football 2 13122017062513

काठमाडौं, २६ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल एपिएफ) क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

Football 2 13122017062513

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को खेल मैदानमा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दुवैले अंक बाँडेका छन् ।

यस खेलसँगै दुवै टोलीले १-१ अंक जोडेका छन् । खेलमा हिमालयन शेर्पाका आशिष गुरुङ म्यान अफ दि म्याच घोषित भए । सोही मैदानमा आजै हुने दोस्रो खेलमा मनाङ–मस्र्याङ्दी क्लब र ब्रिगेड ब्वाइज भिड्ने छन् । लिगको विजेताले ५० लाख तथा उपविजेताले ३५ लाख प्राप्त गर्नेछन् ।

त्यसैगरी तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचाैंले सात लाख र छैटौँले पाँच लाख पुरस्कार पाउनेछ । फेयर प्ले टोलीले एक लाख तथा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार र म्यान अफ दि म्याच खेलाडीलाई १० हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७