नागरिक लगानी कोषका अध्यक्ष रामचन्द्र भट्टराईले पदबहाली


२६ आश्विन २०७५, शुक्रबार
1539322769drbhacit 1

काठमाडौं, असोज २६ । नागरिक लगानी कोषका अध्यक्ष डा रामचन्द्र भट्टराईले शुक्रबार पदबहाली गरेका छन्। कोष संचालक डा।रामशरण खरेलले डा भट्टराईलाई पद तथा गोपनियताको शपथ गराएका हुन।

डा।भट्टराईलाई २१ असोजको मन्त्रिपरिषदको बैठकले कोष अध्यक्षमा नियुक्त गरेको थियो । ‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा बिद्याबारिधि गरेका भट्टराईले हाल त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत पाटन बहुमुखी क्याम्पसमा सुक्ष्म र बृहत अर्थशास्त्रको अध्यापन गराउँदै आएका छन्।

खोटाङ लामिडाडाँमा जन्मिएका भट्टराईसंग राष्ट्रिय बाणिज्य बैकको संचालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थमन्त्रालयमा बरिष्ठ आर्थिक सल्लाहकारको रुपमा लामो समय काम गरेको अनुभव रहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७