ग्लोबल बैंकको मिसकल बैंकिङ सेवा


२६ आश्विन २०७५, शुक्रबार
863 1510743930global ime

काठमाडौं, असोज २६ । ग्लोबल आइएमई बैंकले मिसकल बैंकिङ्ग सेवा सुरु गरेको छ।सेवा लिन बैंकले उपलब्ध गराएका नम्बरमा मिसकल गर्नुपर्ने छ।

बैंककाअनुसार खातामा रहेको मौज्दात रकमको जानकारी लिन ९८०१२३१२९४ मा, खाताको पछिल्लो ३ कारोबारको जानकारी लिन ९८०१२३१२९५ मा, मोबाइलमा १०० टपअप गर्न ९८०१२३१२९६ मा, क्रेडिट कार्डको पछिल्लो ३ कारोबारको जानकारी लिन ९८०१२३१२९७ मा, बैंकमा बुझाउने किस्ताको जानकारी लिन ९८०१२३१२९८ मा र कर्जाको जानकारी लिन ९८०१२३१२९९ मा मिसकल गर्नसकिने छ।

उल्लेखित नम्बरमा फोन डायल गरेपछि १ घन्टीमा फोन काटिने छ। ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेज पठाइने बैंकले जनाएको छ।

बैंकका १३२ शाखा, ५ एक्सटेन्सन काउण्टर, १३८ एटिएम, १५ राजश्व संकलन काउण्टर, १०३ शाखारहित बैंकिङ सेवा र ३ प्रतिनिधि-सम्र्पक कार्यालय छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७