क्रिकेटमा सन्दीपको सफलता, तोडे वसन्त रेग्मी र विनोद दासको रेकर्ड


२६ आश्विन २०७५, शुक्रबार
sandeep lamichhane

काठमाडौं, २६ असोज । मलेसियामा जारी आइसीसी टी–२० एशिया उपक्षेत्रीय छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा सिङ्गापुरलाई सतब्ध मात्र बनाएर नयाँ रेकर्ड समेत बनाउन सफल भएको छ ।

sandeep lamichhane

यस खेलमा नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिए । उनले ४ विकेट लिएसँगै बसन्त रेग्मी र विनोद दासको एकै प्रतियोगितामा धरै विकेट लिने रेकर्ड तोडेका छन् । उनले प्रतियोगिताको ६ इनिङमा २४ विकेट लिए । सिनियर टिमको लागि एकै प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा थियो ।

रेग्मीले सन् २०१२ को डिभिजन–४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५ को एसीसी फास्ट ट्रयाक कन्ट्रीज प्रतियोगितामा २१–२१ विकेट लिएका थिए ।

सन्दीपले पहिलो खेलमा म्यानमारविरुद्ध ४, दोस्रो र तेस्रो खेलमा मलेसिया र थाइल्याण्डविरुद्ध ५–५ तथा चौथो र पाँचौं खेलमा भुटान र चीनविरुद्ध ३–३ विकेट लिएका थिए ।

Basanta wicket 6lQAHZamrM

उमेर समूहमा पनि एकै अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने रेकर्ड सन्दीप लामिछानेकै नाममा रहेको छ । उनले गएको जुलाईमा सिङ्गापुरमा सम्पन्न यू–१९ विश्वकप छनौट प्रतियोगितामा ६ खेलमा कूल २४ विकेट लिंदै कीर्तिमान कायम गरेका थिए ।

सन्दीप लामिछानेले जारी प्रतियोगितामा म्यानमारविरुद्ध ४ विकेट,मलेसियाविरुद्ध ५ विकेट, थाईल्याण्डविरुद्ध ५ विकेट, भुटानविरुद्ध ३ विकेट र चीनविरुद्ध ३ विकेट लिँदै कीर्तिमान बनाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७