नेपाली महिला क्रिकेटले पहिलो पल्ट पायो बरियता, नेपाल १८ औँ स्थानमा


२६ आश्विन २०७५, शुक्रबार
nepal women criekt team

काठमाडौँ, २६ असोज । नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा समावेश भएको छ ।

अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १८औँ स्थानमा परेको हो । ४६ राष्ट्रलाई समावेश गर्दै आइसिसीले निकालेको बरियतामा नेपालले ११७ अङ्क पाएको छ ।

नेपाली महिला क्रिकेट पछिल्लो समय सुनसानजस्तै हुँदै गएको छ तर, नेपालले एक दिवसीय मान्यता पाएपछि नेपाली महिला क्रिकेटलाई पनि टी–२० मान्यता रहेको छ । नेपालले पछिल्लो पटक गत मङ्सिरमा थाइल्याण्डमा भएको विश्व टी–२० एशिया छनोट खेलेको थियो ।

बरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । अष्ट्रेलियाले २८० अङ्क पाएको छ ।

यस्तै न्युजिल्यान्ड दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, वेष्ट इण्डिज चौथो र भारत पाँचाैँ, दक्षिण अफ्रिका छैटाैँ, पाकिस्तान सातौँ, श्रीलङ्का आठौँ, बङ्गलादेश नवौँ र आयरल्याण्ड १० औँ स्थानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७