काष्ठमण्डप पुनर्निर्माणमा महानगरपालिकाले दियो थप ५ करोड


२७ आश्विन २०७५, शनिबार
ktm news photo 20181013134704

काठमाडौं,२७ असोज । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले भत्किएको काष्ठमाण्डप पुर्ननिर्माण महानगरपालिककै खर्चमा गर्ने बताएका छन् ।

 मेयर शाक्यले काष्ठमाण्डप पुननिर्माण समितिलाई काष्ठमाण्डप पुर्ननिर्माणका लागि शनिवार पाँच करोडको चेक हस्तान्तरण गर्दै बाँकी रकम विस्तारै दिदैँ जाने बताए ।

मेयर शाक्यले काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरे । काष्ठमाण्डप पुननिर्माणका लागि करीब १८ करोड लाग्ने भन्दै मेयर शाक्यले सो रकम कसैसँग पनि सहयोग नमाग्ने बताए । काष्ठमाण्डप पुननिर्माण तीन तलाको हुने काष्ठमाण्डप पुननिर्माण समितिले जानकारी दिएको छ ।

मेयर शाक्यले आगामी असार मसान्तासम्ममा कम्तीमा एक तला पुर्ननिर्माणको काम सम्पन्न गर्ने पनि दाबी गर्नुभयो । ‘हामी आगामी असार मसान्तासम्ममा कम्तीमा एक तल्ला पुर्ननिर्माण सम्पन्न गर्नेछौँ,’ चेक हस्तान्तरणपछि मेयर शाक्यले भने, ‘काठमाडौँ हनुमानढोका दरबार क्षेत्र संघीय राजधानीमा रहेको ऐतिहासिक–सांस्कृतिक नगरी हो । मुलुककै सर्वाधिक सम्पदास्थलहरु रहेको यो क्षेत्रको संरक्षण गर्नु हामी सबैको दायित्व पनि हो ।’

उहाँले काष्ठमाण्डप पुर्ननिर्माणका लागि कसैसँग सहयोग नमाग्ने पनि दाबी गरे । धेरैले सहयोगका लागि तत्परता देखाए पनि आफूहरुले स्वीकार नगरेको उनको भनाई छ । कार्यक्रमा बोल्दै अब महानगरपालिका भित्रका सबै वडाले गरेका गतिविधि सार्वजनिक गर्दै जाने पनि उनले दाबी गरे । ‘सुरुका केही महिना हामीलाई काम गर्न केही असजिलो भयो,’ उनले भने ‘अब यो वर्षलाई हामीले पुर्ननिर्माण र पूर्वाधार वर्षका रुपमा लिएका छौँ । धैरै कामले पूर्णता पाउनेछन् तपाईँहरु ढुक्क हुनुहोला ।’

press meet

कार्यक्रममा वडा नम्बर २४ का वडाध्यक्ष मचाराजा महर्जनले पुरातत्व विभाग र गुठी संस्थानको स्वामित्वमा रहेकाले पुर्ननिर्माणमा केही तालमेल नमिलेको भन्दै त्यहाँबाट स्वीकृति भए कामले गति लिने बताए । हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका सदस्य समेत रहनुभएका महर्जनले आगामी दिनमा कुमारी घर पुर्ननिर्माणलगायतले पनि गति लिने दाबी गरे ।

हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको प्रमुखमा मेयर शाक्य हो । शाक्यसँगै वडा नम्बर १९,२०,२३,२४ का वडाध्यक्ष, प्रशासकीय प्रमुख, प्रशासन विभाग प्रमुख, कानुन महाशाखा प्रमुख र कार्यक्रम संयोजक गरी ९ जनाको समिति रहेको छ । समितिले २०७२ सालको महाविनासकारी भूकम्पले क्षतिग्रस्त भएका सम्पदा पुर्ननिर्माण, जिर्णोद्धार र मर्मत–सम्हारको कामलाई अघि बढाउँदै आएको छ ।

महानगरबाट दिइएको रकमबाट इँटा र काठ खरिद हुने हनुमानढोका दरवार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जानकारी दिए। काष्ठमण्डपका लागि इँटा बनाउने, काठको व्यवस्था गर्ने काम भइरहेको छ।

महानगरपालिका–२० मा रहेको पुरातात्विक तथा प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ को विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति भएको छ। काष्ठमण्डपको डिजाइन, ड्रइङ तथा स्पेसिफिकेसनलाई सर्वस्वीकार्र्य बनाउन प्रा प्रेमनाथ मास्केको अध्यक्षतामा ७ सदस्यीय विज्ञ समिति बनाइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७