मलेसियाका पुर्वउपप्रधानमन्त्री अन्वरले पाए राजनीतिक पुनर्जीवन


२८ आश्विन २०७५, आईतवार
anwar ibrahim अन्वर इब्राहिम मलेसिया उपनिर्वाचन

एएफपी
पोर्ट सिडक्सन, मलेसिया, २७ असोज । पुर्ववर्ती सरकारको पालामा जेल सजाय भोगेका मलेसियालीका पुर्वउपप्रधामन्त्री अन्वर इब्राहिम फेरी मुलधारको राजनीतिमा फर्किएका छन् । उनी शनिबार भएको निर्वाचनमा विजयी हुदै मुलधारको राजनीतिमा फर्किएको समाचारमा जनाइएको छ । यो सँगै उनले राजनीतिक पुनर्जीवन पाएका छन् ।

उनलाई मुलधारको राजनीतिमा फर्काउन शनिबार उपनिर्वाचन भएको थियो । शनिबारको निर्वाचनमा उनले झण्डै ७० प्रतिशत मत प्राप्त गरी विजयी भएको हो । निर्वाचन जितेपछि उनले अर्को वर्ष प्रधानमन्त्री बन्ने यसअघि नै सहमति भएको थियो ।

यसअघि भएको आमनिर्वाचनमा वर्तमान प्रधानमन्त्री महाथिर मोहम्मद र अन्वरको पार्टीले गठबन्धन गरेर शुरुमा महाथिर प्रधानमन्त्री बन्ने र त्यसपछि अन्वरलाई नेतृत्व दिने सहमति भएको बताइएको थियो ।

राजनीतिबाट विश्रम लिएका ९३ वर्षीय महाथिरले मुलुक गलत बाटोमा गएको भन्दै त्यसलाई सही मार्गमा ल्याउन आफूहरुले गठबन्धन गरेर फेरि राजनीतिमा फर्किनु परेको बताएको थियो ।

अन्वरलाई पूर्ववर्ती सरकारले भ्रष्टाचार गरेको आरोप लगाउँदै काराबासको सजाय दिएको थियो । महाथिरको सरकार बनेपछि उनलाई रिहा गरिएको थियो । अहिले भने अन्वरलाई जेल हाल्ने उनै निवर्तमान प्रधानमन्त्री नाजिब रजाकलाई भ्रष्टाचारको अभियोग लागेको छ । भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायमार्फत् अनुसन्धान भइरहेको छ ।

भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिएका ७१ वर्षीय अन्वारका सामुमुलुकलाई सुशासन र स्थिरता दिनेलगायतका चुनौतीहरु रहेको समाचारमा जनाइएको छ ।

उनलाई आफूहरुले मलेसियाको भावी प्रधानमन्त्रीका रुपमा हेरेको भन्दै उनको निर्वाचन क्षेत्रका मतदाताहरुले आफूहरुले भावी प्रधानमन्त्रीलाई मतदान गरेको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७