‘फिल्म लाइनका मान्छे सबै दहिच्युरे’

कलाकार निर्मल शर्मा (गैँडा) हाँस्यविधामा बढी चिनिन्छन् । काठमाडौंका रैथाने, पकनाजोल, कालधारामा जन्मिएका । आजकल शर्मा लेखे पनि काफ्ले हो, थर । कलाकारितासँगै व्यावसायिक गतिविधिमा संलग्न । केही समय होटल र रेष्टुरेण्ट चलाए । चलचित्रमा लगानी पनि गरेका छन् । तर, नेपालको ‘चलचित्र राजनीति’ एकदमै निम्नस्तरको हुँदा उनीजस्ता निर्माताहरु त्यसको चेपुवामा परेर घाइते हुने गरेका छन् । त्यसैले निर्मल हिजोआज चलचित्र क्षेत्रसँग उत्ति धेरै सन्तुष्ट छैनन् । सामाजिक काममा लागेका छन् । शर्मासँगविश्वमणि सुवेदी र हरि गजुरेलले गरेको कुराकानी :

दशैँ कसरी मनाउँदै हुनुहुन्छ ? 
 अष्टमीको दिन एक छाकी र नवमीको दिन बुबाको श्राद्ध पर्छ । त्यसैले हरेकजसो दशैँ मेरालागि खल्लो हुने गरेको छ । फेरि म जुवा–तास खेल्दिनँ । रक्सी पनि पिउँदिन । खास फूलपातीदेखि दशैँ शुरु हुन्छ । मलाईचाहिँ टीको लगाउने दिनमात्र दशैँ लाग्छ । एक रुपैयाँ, दश रुपैयाँ गरी जम्मा गरेको पैसा सम्झिँदा खुबै रमाइलो लाग्छ । तर, पछिल्ला दशैँहरु बुबाको यादमा रोएर शुरु हुन्छ ।

यसपालि दशैँमा ‘छक्कापञ्जा–३’ र ‘जय भोले’ भिडन्त हुँदैछ । नतिजा के होला ?-
‘छक्कापञ्जा’ घटस्थापना र ‘जय भोले’ फूलपातीको दिन प्रदर्शन हुँदैछन् । ‘छक्कापञ्जा’ एउटा ब्राण्ड बनिसकेको चलचित्र हो । जुन टिमसँग १६ वर्षदेखि लगातार काम गर्दै आएको छु । ‘छक्कापञ्जा–१’ मा त्यही टिममा थिएँ । अशोक शर्माले बनाउनुभएको ‘जय भोले’ ले फिल्म र बजार दुबै बुझेको छ । दृश्य, छायाँकनलगायत सम्पूर्ण भेउ पाएको चलचित्रकर्मीले बनाएको फिल्म दमदार नै होला । चलचित्रको व्यापार भनेको सात दिन अघि र पछि हो । ध्वस्त भइसकेको नेपाली फिल्म बजारमा यी दुई फिल्मले केही न केही राहत दिन्छ भन्ने लाग्छ ।

‘तीतोसत्य’ देखिको दीपकराज गिरीसँग तपाईंको सम्बन्ध ‘छक्कापञ्जा’ फिल्मको पहिलो प्रस्तुतिपछि किन रहेन ?

संगीतकार शम्भुजित बास्कोटा दाइको विशेष पहलमा शुरु भएको ‘तीतोसत्य’ मा १३ वर्षसम्म दीपक, दीपासँग काम गरेँ । यो दौरानमै एक्कासी हामीले ठूलो पर्दाको चलचित्रमा प्रवेश गर्ने मौका पायौँ । ‘छ एकान छ’ बाट विशेष रुपमा दर्शकमाझ देखिएपछि हामीले ‘वडा नम्बर ६’ र ‘छक्कापञ्जा’ सम्म सँगै गर्यौं  । तर, यो बीचमा विभिन्न कारणले म अलग्गिनु पर्यो । सत्य के हो भने, दिपकजी र दीपाजीलाई गुरु-गुरुआमा मान्दै आएको छु । दर्शकले सोचेजस्तो हामीबीच त्यस्तो कुनै नराम्रो सम्बन्ध छैन । केवल आफ्नो पहिचान दर्शकमाझ पस्किने क्रममा छुट्टिनुपरेको हो । 

फिल्ममा आउनुअघि मैले विज्ञापनहरुमा काम गरेँ । अहिले पनि गरिरहेको छु । तर, टेलिभिजनको विज्ञापनमा झल्याकझुलुक हुँदै ‘तीतोसत्य’ मार्फत् अझ सशक्त रुपमा छाएँ । दर्शकलाई नढाँटी भन्नुपर्दा विचार फरक भएकाले सहमतिमै अलग्गिएर रमेश उप्रेतीजीसँग चलचित्रमा काम गरिरहेको छु । उहाँसँगै मिलेर ‘ऐश्वर्य’ निर्माण गरेँ । फिल्मले राम्रै बजार पायो । दर्शकले चलचित्रको कथावस्तुलगायत सबै चिज औधी मन पराइदिनुभयो । अब, चाँडै अर्काे चलचित्र बजारमा ल्याउने सुरसारमा छु ।

० नेपाली चलचित्रकर्मीहरु कम सिर्जनशील, बढी तमासे बन्न रुचाउँछन् भनेर टिप्पणी गरिन्छ । त्यस्तो किन ?
– मेरो फेसबुक वालमा हेर्नुहुन्छ भने स्पष्टसँग आफ्नो मत राखेको छु । धेरै उच्छृंखल मानिसले स्ट्याटस पढेर रिस पनि साध्नुभएको सुनेँ । हामीकहाँ अढाई करोड खर्चेर थुप्रै चलचित्र बने । तर, अर्कातिर चलचित्र क्षेत्रले एक हप्तामा आठ अर्बको घाटा व्यहोर्नुपरेको तीतो सत्य छ । अनलाइन समाचारमा पढ्न पाइन्छ, यति र उति करोड व्यापार । मैले लेख्ने गरेको छु, प्रत्येक महिना दुईदेखि तीनवटा चलचित्र एकआपसमा जुध्छन् र यो क्षेत्रले प्रत्येक महिना साढे आठ करोड घाटा व्यहोर्नुपरेको छ । अब, एउटा दयनीय कुरा भनौँ, वर्तमान अवस्थामा दुई करोड व्यापार गर्छ एउटा सिनेमाले । तर, निर्माणकर्मीले १२ लाख पाउन मुस्किल पर्छ ।

यसबारेमा केही दिनअघि चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग खुलेरै कुरा गरेँ । नयाँ निर्माता, निर्देशकले साढे १३ हजार दस्तुर लिएर चलचित्र निर्माण गर्ने इजाजत पाउँछन् । तर, इजाजत पाएको झण्डै एक वर्षको अवधिमा फिल्म सेन्सर हुँदै पर्दामा छाउँछ । त्यसपछि सकियो । मैले भनेको छु, चलचित्र प्रदर्शनमा आएपछि निर्माण पक्षलाई काउन्सिलिङ (९० मिनेट) कक्षा लिऔँ । र, त्यो कक्षामा चलचित्रको व्यापार, निर्माणकर्ताले कति पाउने, वितरकले कति पाउने भनेर करलगायत सबै विषयमा क्लियर कुरा गरौँ । तर, नयाँ निर्माताहरु ‘छक्कापञ्जा’ को व्यापार देख्छन्, त्यत्तिकै लोभ्भिएर हामफाल्न आउँछन् । सपना देखेर फिल्म बनाउनेहरु डुब्छन् । वास्तविकता बुझेर, घाटा व्यहोर्न तयार भएर आउनेहरु टिकेका छन् । एउटा फिल्म डब्बा लाग्यो भने पनि धैर्यता राख्नसक्ने टिक्छन्, एउटै फिल्मले एक करोडको बदला १० करोड दिन्छ भनेर सपना देख्नेहरु यता नआए पनि हुन्छ ।

ल मानौँ, छक्कापञ्जाले १५ करोडको व्यापार ग¥यो रे । तर, यहाँ दाँयाबाँया केही पनि बुझिँदैन । खास कुरा कस्तो छ भने, फिल्मको पूरा व्यापार भएपछि त्यसको २६ प्रतिशत मात्र चलचित्र निर्माण टिमले पाउँछ । तर, नयाँ निर्मातालाई थाहा हुँदैन र त्यो बताइएको पनि हुँदैन । बाहिर प्रचार गरिन्छ, एक सय १२ हलमा चलचित्र प्रदर्शन भयो । तर, वास्तवमा भन्ने हो भने फिल्म नगरीले नयाँ निर्माताको हत्या गरेको छ । प्लेन उडाउनका लागि पाइलट कोर्स गर्नुुपर्छ । तर, माइक्रो बस चलाएर प्लेन उडाउन सकिन्छ भन्ने भ्रम जीवितै छ । फिल्म कसैलाई नबनाउनुस् भन्न खोजिएको होइन ।

कम्तीमा हचुवाका भरमा भन्दा बुझेर बनाउनुपर्छ । ज्योतिषीलाई डाँडाको माटो परीक्षण गराएर ३० लाखको जग्गा किन्ने र चलचित्रबारेमा केही पनि नजान्ने चलचित्र निर्माण समूहमा दुई करोड लगानी गरेर फस्ने मुर्गा उस्तो हो नि ! र, त्यसलाई रेटिरहने चलचित्रकर्मी म र मेरो युनिट हो । यसकारण मलाई छुच्चो पनि भन्छन् ।

भन्न चाहन्छु, न मलाई कुनै एनआरएनको लगानीमा फिल्म खेल्नु छ, न कुनै अवार्ड कार्यक्रममा जानु छ । आज यो रंगीन दुनियाँमा छिरेको २३ वर्ष भएछ । ज्ञान एकातिरको, काम यस्तो गरियो । तर, म यही क्षेत्रमा जमेँ । आज परिवार लिएर जुनसुकै मुलुकमा बस्न गएर बस्न सक्छु । कारण, पर्दाले मलाई जे दियो, त्यो धेरै ठूलो उपलब्धी हो । भनेजस्तो पैसा कमाइएन, तर नाम र इज्जत यसरी कमाउन मुस्किल पर्छ ।

० तपाईंको कुराअनुसार फिल्मलाइनमा भित्री व्यथा त धेरै रहेछन् नि !
– हो, राजनीतिक दलको भातृ संगठनजस्तो छ । पत्याउनुस्, निकट चलचित्र युनिटका केही व्यक्तिलाई विदेश लैजाने अनि कोठा–कोठामा पुरस्कार बाँड्ने काम हुन्छ । फरक–फरक विधाका चलचित्रलाई पुरस्कृत गरिन्छ । तर, यहाँ एउटै चलचित्रले सरासर गएर सबै पुरस्कार थाप्छ । ‘थाप्छ’ भने पनि ‘किन्छ’ भने पनि कुरा उही हो । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेझैँ यस्तो गजबको जात्रा यो क्षेत्रमा मात्र देखिन्छ । अर्काे कुरा, विदेशमा बस्ने एनआरएनज्यूहरुलाई भन्न चाहन्छु कि, तपाईंहरु विदेशमा बसेर यस्तोखालको पुरस्कार बाँड्ने होइन क्या † नेपाली चलचित्रको बजारमात्र खोजिदिनुस् ।

विदेशमा राम्रा र ढर्रा नभएका फिल्म छानेर प्रदर्शन गराइदिनुस् । विषयवस्तु सबै हेरिदिनुस् । यति गरिदिनुभयो भने तपाईंको नाम अमर भएर नेपाली फिल्म उद्योगमा सदाका लागि लेखिनेछ । तर, १२ जना कलाकार लगेर अनेक खेतीपाती गर्नुहुन्छ । त्यसले कदापि, नेपाली चलचित्र उद्योगको विकास गर्दैन ।

अर्काेतिर, यहाँका चलचित्र निर्माताका आ–आफ्नै गोजीमा अनलाइन पोर्टलहरु छन् । त्यसबाटै चलचित्रको जे–जे पायो, त्यही–त्यही प्रचार गरिन्छ । तर, त्यसलाई म अफलाइन पोर्टल भन्न रुचाउँछु । समाचार लेख्दा त एबीसीको प्रयोग गरिन्छ । तर, यो अफलाइनमा त कपाल काटे पनि समाचार, दाह्री काटे पनि समाचार ! नुहाएको भिडियो अपलोड गरे त भोलिदेखि अर्कै हंगामा मच्चाइन्छ । कृपया यस्तोखालको असुहाउँदिलो कामचाहिँ पटक्कै नगरौँ । कमसेकम हामीले हाम्रो क्षेत्रको नाक जोगाऔँ ।

० चलचित्र विकास बोर्डको तथ्यांकअनुसार वर्षमा एक सयभन्दा बढी चलचित्र निर्माण हुन्छन् । तपाईं पनि ‘मुर्गा हन्टिङ’ का कुरा निकै गर्नुहुन्छ । खासमा तपाईंको पीडाचाहिँ के हो ?
– देशमा पेट्रोलको भाउ बढ्यो । माइतीघरमा सरकारविरुद्ध कालोपट्टी गर्नेहरु सबै फ्रस्टेटेड भइदिएको भए त आज अर्कै हुने थियो ।

मुर्गा फसाउनेलाई लाग्ला कि, अब यसलाई मेरो चलचित्रमा कुनै पनि हालतमा भिœयाउँदिन, लात मार्छु । तर, न मलाई उनीहरुसँग बसेर काम गर्नुछ, न त उनीहरुको समूहमा गएर ‘मलाई पनि तिमीहरुसँग मिसाऊ’ भन्नु छ । उनीहरुसँग कुनै अपेक्षा नै नभएपछि र मैले जे नराम्रो देखेँ, त्यो ओकल्न किन पाउँदिन ? खालि मैले त निर्माताको हत्या नगरौँ भनेको न हुँ ।

जिन्दगीमा जति सुपरहिट भए पनि म यति नै हुँ । योभन्दा हिट र सुपरहिट हुने ठाउँ नै छैन । नबिराएपछि डराउनु पनि पर्दैन । तर, हाम्रो लाइनका मान्छे सबै ‘दहिच्युरे’ छन् । कोही बोल्दैनन् । तैँ चूप मैँ चूप । एक शब्द यो क्षेत्रको नरकीय अवस्थाबारे मुख खोल्दैनन् । अहिले चलचित्र उद्योगमा मासिक ३० करोडको घाटा छ । हातमा करोडको ब्रासलेट र रोलेक्स घडी बाँधेरमात्रै चलचित्र बन्दैन ।

हिजो अहिलेका अर्बपति व्यापारीहरु विनोद चौधरी, दिपक मल्होत्राहरुले पनि चलचित्र नबनाएका होइनन् । तर, चलचित्रको बजार नदेखेपछि यो क्षेत्रलाई चटक्कै छाडेका हुन् † नत्र आज उनीहरु पनि यो क्षेत्रमै हुन्थे । चलचित्र भनेको व्यापार होइन, सिर्जनात्मक क्षेत्र हो । तर, यहाँ यसबारेमा पूरै भ्रम र जाली–झेली काम चलिरहेको छ । र, यही भ्रमविरुद्ध मेरो अडान निरन्तर खोलाझैँ बगिरहनेछ । कसैले गरिदेला र खाउँला भनेर बस्ने मान्छे म होइन । जो–जो राम्रो मनका छन्, ती–तीसँग सम्बन्ध सधैँ एकनासको हुन्छ । जो मनमा कपट राखेर व्यवहार गर्छन्, त्यस्तालाई साथी भन्नु पनि नपरोस् ।


० पछिल्लो समय चलचित्र क्षेत्रमा लगानी सुरक्षित भन्दा पनि मोजमस्ती गर्ने उद्देश्यले भित्रिनेहरु धेरै छन् भनिन्छ । योचाहिँ कत्तिको सत्य हो ?
– म त फिल्मको कार्यक्रममा कहीँ पनि बस्दिनँ । गए पनि धेरैमा दश मीनेट हो, त्यसपछि लुसुक्क निस्कन्छु । मैले बारम्बार भन्दै आएको छु, खुस्बु र धोकाको विषयमा । सुन्छु, यो चलचित्रले एक हप्तामा यति कमायो रे ! अनि, होटलमा यति केजीको केक काटेर अनुहारमा दलेर खाए रे !  हुन पनि हो । यो देखेर पैसाको सिरानीमा सुत्ने पैसावाल, अथवा नयाँ निर्माता नै भनौँ, उनीहरुलाई नाम कमाउन मन लाग्छ । सम्पत्ति घरभरि छ । र, दिमाग पनि पैसाजस्तै छ । उनीहरु सोच्छन्, चलचित्रमा लगानी गर्छु, आरामले नाम कमाउँछु । त्यसपछि उसको दुईथरी नाम कहलिन्छ । फेसबुकमा बधाईको ओइरो चल्छ ।

अन्तिममा उनीहरु मायाजालमा फँस्छन् । बर्बाद हुन्छन् । घामलाई साक्षी राखेर सत्य बोल्छु, अस्ति (मंगलबार) एक जना एनआरएनले बोलाएर चलचित्र निर्माण गर्ने प्रस्ताव राखे । तर, मैले त्यसलाई अस्वीकार गर्दै बरु दशैँका मुखमा अनाथ बालक र अन्य सामाजिक कार्यमा लगानी गर्न सुझाव दिएँ । सामाजिक काममा पैसा खर्चेबापत् नाम कमाउनका लागि मिडिया पनि बोलाइदिन्छु भनेँ । यसकारण जिन्दगीमा कसैको एक पैसा खाइएन । बरु, पसिना चुहाएबापत् अझैँ पनि पैसा लिन बाँकी छ । आजकल म आफ्नै संस्थामार्फत् समाजसेवामा निरन्तर लागिरहेको छु । कसैलाई देखावटी काम गर्न चाहन्नँ ।

तपाईंसँग सिरियलमा काम गर्नेहरु फिल्म मेकिङमा व्यस्त छन् । के यो राम्रो संकेत हो ?
– एसएलसी (अहिले एसइई) पास गरेपछि क्याम्पस त जानुपर्छ । दीपक र दीपासँग चलचित्र खेल्नुपूर्व म आफँैले पनि पाँचवटा जति चलचित्र निर्माण गरिसकेको थिएँ । त्यसपछि टेलिसिरियल हुँदै चलचित्रमा जम्यौँ । अहिले धुर्मुस–सुन्तलीले पनि चलचित्र निर्माण गर्ने तयारी छ रे ! मतलब, अहिले दर्शकले यो टेस्टलाई रुचाएका छन् । कुनै बेला राजेश हमाल भनेपछि जस्तो पनि फिल्म चल्थ्यो । फिल्ममा जे भए पनि पोस्टरमा फोटो भइदिए पुग्थ्यो । अहिले समय फेरियो । सिरियलमा स्थापित हास्य कलाकारलाई ठूलो पर्दामा खोजिन थाल्यो । यो त राम्रो कुरा हो ।

० पहिला तपाईं हिरो बन्छु भनेर आएको होइन ?
– मैले इण्डियामा पढेँ । साथीहरुको लहलहैमा मोडलिङ सिकेर इण्डियामा केही काम पनि गरेँ । फिल्मको सुटिङ हेर्न जान्थ्यौँ । कलाकारलाई छाता ओढाउनेदेखि अनेक मेकअपको दृश्यले लोभ्यायो । नक्कले प्रबृत्तिको मलाई यति भएपछि काम पुग्यो । त्यसमाथि चिनेजानेकाले कलाकार बन्नुपर्छ भनेपछि त्यतातिर छिरेँ । मेरो अभिनय ठीकै थियो । ‘छिः’ भन्ने खालको थिएन । नभन्दै ख्यालख्यालैमा एउटा भिडियो खेल्ने मौका पाएँ । भिडियो खेलियो र नाचियो पनि । हिरोइनसँग नाचेँ । प्रोड्युसरले ‘ल यता हेर्नुस्’ भनेपछि उतै हेरिन्थ्यो । पछि भिडियो पर्दामा हेरियो । भिडियो हेरेपछि मलाई जिउ रोबोटजस्तो लाग्यो ।


तपाईंसँग सिरियलमा काम गर्नेहरु फिल्म मेकिङमा व्यस्त छन् । के यो राम्रो संकेत हो ?
– एसएलसी (अहिले एसइई) पास गरेपछि क्याम्पस त जानुपर्छ । दीपक र दीपासँग चलचित्र खेल्नुपूर्व म आफैले पनि पाँचवटा जति चलचित्र निर्माण गरिसकेको थिएँ । त्यसपछि टेलिसिरियल हुँदै चलचित्रमा जम्यौँ ।

अहिले धुर्मुस–सुन्तलीले पनि चलचित्र निर्माण गर्ने तयारी छ रे ! मतलब, अहिले दर्शकले यो टेस्टलाई रुचाएका छन् । कुनै बेला राजेश हमाल भनेपछि जस्तो पनि फिल्म चल्थ्यो । फिल्ममा जे भए पनि पोस्टरमा फोटो भइदिए पुग्थ्यो । अहिले समय फेरियो । सिरियलमा स्थापित हास्य कलाकारलाई ठूलो पर्दामा खोजिन थाल्यो । यो त राम्रो कुरा हो ।

० पहिला तपाईं हिरो बन्छु भनेर आएको होइन ?
– मैले इण्डियामा पढेँ । साथीहरुको लहलहैमा मोडलिङ सिकेर इण्डियामा केही काम पनि गरेँ । फिल्मको सुटिङ हेर्न जान्थ्यौँ । कलाकारलाई छाता ओढाउनेदेखि अनेक मेकअपको दृश्यले लोभ्यायो । नक्कले प्रबृत्तिको मलाई यति भएपछि काम पुग्यो । त्यसमाथि चिनेजानेकाले कलाकार बन्नुपर्छ भनेपछि त्यतातिर छिरेँ ।

मेरो अभिनय ठीकै थियो । ‘छिः’ भन्ने खालको थिएन । नभन्दै ख्यालख्यालैमा एउटा भिडियो खेल्ने मौका पाएँ । भिडियो खेलियो र नाचियो पनि । हिरोइनसँग नाचेँ । प्रोड्युसरले ‘ल यता हेर्नुस्’ भनेपछि उतै हेरिन्थ्यो । पछि भिडियो पर्दामा हेरियो । भिडियो हेरेपछि मलाई जिउ रोबोटजस्तो लाग्यो ।

आफ्नो भिडियो हेरेर हलबाट निस्केपछि आइन्दा यस्तो चलचित्र नखेल्ने बाचा गरेँ । भनौँ न, म पनि मुर्गासरि नै यो क्षेत्रमा प्रवेश गरेँ । र, केही जान्ने अवसर पाएँ । यद्यपि, मेरो अनुभवले के भन्छ भने, अहिले मान्छेहरुलाई ऐनाले धोका दिएको छ ।

मजस्तो मुर्गा २३ वर्ष यो क्षेत्रमा टिकेँ । तर, अहिले यो क्षेत्रमा प्रवेश गरेका नवकलाकारहरुको एक वर्षमा डेब्यु र संन्यास पनि हुने गर्छ । कम्तिमा अब यस्तो पाप नगरौँ । कोही मान्छेलाई आफ्नो फाइदाका नाममा सपना देखाएर सिध्याउने धन्दा बन्द गरौँ । जो बुझेर आउँछन्, घाटा व्यहोर्न तयार भएर आउँछन् र फिल्ममार्फत देशको कला र संस्कृतिको जगेर्ना गर्छु भनेर आउँछन् भने स्वागत गरौँ । तर, झुठा कुराहरु गरेर मान्छे फसाउने काम रोक्नैपर्छ ।

० मोजमस्तीका लागि कत्तिको आउँछन् भन्ने प्रश्न थियो नि !
– त्यसरी आउनेहरुले मुस्किलले एउटा फिल्म बनाउँछन्, वास्तविकता बुझेपछि भाग्छन् । सिनेमाको पर्दामा हिरोइनको रूपमा देखिएका हाम्रा चेलिबेटीमाथि शोषणको नजर लगाएर आउनेहरु प्रशस्तै छन् । तर, त्यस्ता मान्छेहरु टिकेनन् । सहमतिमा हुने सम्बन्धहरु एकातिर होलान्, यसबारे पछि कुरा गर्छु । तर, कलाकारलाई बजारको बिकाउ वस्तुका रुपमा बुझ्ने मान्छेहरु फिल्मलाइनमा टिक्दैनन्, टिक्न दिनु पनि हुँदैन ।

० मदिराजन्य र चारित्रिक विसंगति कत्तिको छ ?
– होटल, रेष्टुरेण्ट पनि चलाएको अनुभव मसँग छ । त्यो व्यवसाय फिल्म लाइनकै साथीहरुका कारण चलेको र त्यही कारणले पनि डुबेको थियो । मेरो व्यवसाय चल्ने र डुब्ने, दुबै काममा मेरा अनन्य मित्रहरुको योगदानलाई बिर्सिन सक्दिनँ । ७०–८० लाख डुबेर पनि बाँच्न सफल भएँ । त्यसैले बाँकी जिन्दगी साथीहरुको पोल खोलेर बिताउनु नपरोस्, कामै गरेर खान पाइयोस् भन्ने प्रार्थना गरेको छु । कस्तो परिवारको मान्छे, कहाँ आएर नाम बनाएँ, पहिचान बनाएँ । घरी–घरी सम्झँदा अचम्म लाग्छ ।

० तपाईं कस्तो परिवारको मान्छे ?
– यो लाइनमा कोही पनि थिएन । ठूलो बुबा इन्द्रप्रसाद काफ्ले साँस्कृतिक संस्थानको महाप्रबन्धक हुनुहुन्थ्यो, तर त्यसबेला हामी केटाकेटी नै थियौँ । बुबा भूपूप्रहरी । मम्मी नेपाल टेलिकमको अफिसरबाट रिटायर्ड हुनुभयो ।

मती स्टक एक्सचेञ्जमा काम गर्छिन् । उनले साना–साना हस्तकलाका सामान बनाएर विदेश पठाउने र त्यसबाट पकेट खर्चसँगै बच्चाहरुको पढाई खर्च पनि निकाल्छिन् ।

म घरको एक्लो छोरो । एक दिदी र एक बहिनी छन् । जुन क्षेत्रमा लाग्छु भन्दा पनि ममाथि परिवारको कुनै रोकतोक थिएन । त्यसैले किन फिल्म क्षेत्रमा आएँजस्तो लाग्छ । तर, यो क्षेत्रमा नआएको भए यति धेरै मान्छेले नचिन्ने रहेछन् भनेर सन्तुष्ट हुने गरेको छु ।

० जल शाह र सञ्चिता लुइँटेलसँग पनि नाता छ क्यार !
– सञ्चिता सानिमाकी छोरी हुन्, बहिनी परिन् । जल शाहसँग भाउजूको नाता हो । मेरो ठूलोममीको बुहारी, अर्थात् दाइले विवाह गर्नुभएको ।

-जनआस्था साप्ताहिकबाट


प्रतिक्रिया दिनुहोस्