सीके राउत समूहका केन्द्रीय सहसंयोजकसहित २४ जना पक्राउ


२८ आश्विन २०७५, आईतवार
kailash mahato 14102018125751

परासी, २८ असोज । स्वतन्त्र मधेस गठबन्धनका सीके राउत पक्राउ परेको केहि दिनपद्धि नै उक्त समूहका उपसंयोजक पनि पक्राउ परेका छन् ।

kailash mahato 14102018125751
सीके राउत समूहका केन्द्रीय सहसंयोजक कैलाश महतो

प्रहरीले सीके राउत समूहका केन्द्रीय सहसंयोजक कैलाश महतोलाई पश्चिम नवलपरासीको परासीबाट नियन्त्रणमा लिएको छ ।

शनिबार बेलुका सदरमुकामस्थित बुद्धचोकमा भाषण गरिरहेको अवस्थामा महतोलगायत २४ जना नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिएका छन् ।

पक्राउ परेकामध्ये सामान्य कार्यकर्तालाई शनिबार बेलुका नै छाडे पनि केन्द्रीय सहसंयोजक महतो र जिल्ला संयोजक श्रीकृष्ण यादवलाई भने मुद्दा चलाइएको छ । महोत्तरी जिल्ला स्थायी घर भएका महतो लामो समयदेखि परासीमा अध्यापन पेसामा आबद्ध थिए ।

अध्यापनपछि केही वर्षयता उनी मधेस केन्द्रित दलको राजनीतिमा सक्रिय थिए । स्वतन्त्र मधेस गठबन्धन गठन भएपछि उनी सक्रियरुपमा यस्मा लाग्दै आएको र सीके राउतपछि संगठनमा दोस्रो तहको नेता रहेको प्रहरीको दाबी छ ।

महतो माथि राष्ट्रिय अखण्डतामा खलबल पुरÞ्याउने अभिव्यक्ति दिएको आरोप लगाउँदै ‘राज्यविरुद्धको कसुर’ अन्तर्गत मुद्दा चलाइएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७