लोकसेवा आयोगलाई विज्ञापन नखोल्न सरकारको निर्देशन


२८ आश्विन २०७५, आईतवार
सिंहदरबार Singdarbar


काठमाडौं, २८ असोज । सरकारले लोकसेवा आयोगलाई दुई महिनाका लागि विज्ञापन नखोल्न लोकसेवा आगोलाई निर्देशन दिएको छ । आयोगलाई सबै मन्त्रालयको जनशक्ति संरचना नबनेसम्म विज्ञापन नखोल्न दिर्नेशन दिएको हो ।

सिंहदरबार Singdarbar


आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई यस्तो निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

आयोगले प्राविधिक र प्रशासनतर्फका शाखा अधिकृतको विज्ञापन गर्ने तयारी गरिरहेको थियो ।आयोगले विभिन्न पदका लागि परीक्षाको विज्ञापन गर्ने कार्यतालिका साउन १ मा प्रकाशित गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रिक्त दरबन्दीको विवरण समयमै प्राप्त गर्न सकेको थिएन । आयोग अध्यक्ष उमेश मैनालीले मन्त्रिपरिषद् निर्णयबाट करिब ८ लाख परीक्षार्थी प्रभावित हुने बताए ।

यसैगरी बैठकले जनकपुर–जयनगर–कुर्था रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको हुँदा त्यसमा नेपाली झण्डा राख्ने र व्यवस्थापन सञ्चालनका लागि कानुनी र अन्य संस्थागत तयारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै हवाई उड्डयनसम्बन्धी विधेयक तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

कम्तीमा पनि आगामी दुई महीनाका लागि विज्ञापन नखोल्न सुझाव दिएको छ । सरकारले बडादशैँका उपलक्ष्यमा सबै नेपाली दाजुभाइ र दिदीबहिनीमा शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरेको छ ।
रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७