कांग्रेसको चियापान कात्तिक १६ मा


२९ आश्विन २०७५, सोमबार
Nepali Congress Party Office

काठमाडौं, २९ असोज । नेपाली कांग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ ।

Nepali Congress Party Office

पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ ।

पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाले शोकस्वरुप चियापान कार्यक्रम पछाडि सार्ने निर्णय भएको पार्टी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले जानकारी दिइन् ।

पार्टी शोकमा रहेकाले श्रद्धाञ्जली बाहेकका अन्य सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय भएकोे अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । नेता बाँस्तोलाको असोज २७ गते निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७