पानीपुरी खाँदा ३३ जना विरामी, ६ जनाको अवस्था गम्भिर


२९ आश्विन २०७५, सोमबार
pani puri

सुर्खेत, २९ असोज । हामी धेरैलाई पानीपुरी निकै मनपर्छ । विशेष गरी युवापुस्ताले पानीपुरी निकै स्वाद मानेर खाइरहेको देखिन्छन् ।

pani puri

तर, यहि पानीपुरी खाँदा सुर्खेतका ३३ जना अस्पताल पुगेका छन् । पानीपुरी खाँदा बिरामी परेका ३३ जनामध्ये ६ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–११ मा एउटै गाउँका ३३ जना बिरामी परेका हुन् । बिरामी हुनेमा महिला तथा बालबालिका छन् ।

गाउँमा ठेलामा राखेर बेच्न लगेको पानीपुरी खाँदा उनीहरु आइतबार साँझ बिरामी भएका हुन् । बिरामीमा वान्ता आउने, ज्वरो आउने, पेट दुख्ने र मुर्छा पर्ने जस्ता लक्षण देखिएका छन् ।

स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि उनीहरुलाई वीरेन्द्रनगर ल्याइएको छ । पानीपुरी बेच्ने एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिरामीको अहिले प्रदेश अस्पताल वीरेन्द्रनगरमा उपचार भइरहेको छ ।

यसैबीच कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्रीले बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले बिरामीको उपचारमा कुनै कमी नराख्न अस्पताललाई निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७