शेयर बजार : सामान्य गिरावट


२९ आश्विन २०७५, सोमबार
decreasing share

 

काठमाडौं, २९ असोज । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्य घटेको छ । 


नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलब ७९ विन्दुले घटेर एक हजार २४१ दशमलब ६४ विन्दुले बढेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शून्य दशमलब४५ विन्दुले घटेर २६४ दशमलब १० विन्दुमा पुगेको छ ।


स्टकका अनुसार कूल १५२ कम्पनीको १४ लाख ६४ हजार ८९४ बित्त शेयर रु ३३ करोड ५८ लाख ६५ हजार ५२३ मूल्यमा खरिदबिक्री भएको छ । कारोबार रकम भने आइतबारको तुलनामा बढी हो । 

स्टकका अनुसार कारोवार भएका विभिन्न दश उपसमूहमध्ये पाँच उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर भने घटेको छ । होटल ५ दशमलब ४२, वित्त ३ दशमलब ३५, निर्जीवन बीमा १२ दशमलब ३५, उत्पादन २४ दशमलब ३३, जीवन बीमा २ दशमलब ६४ प्रतिशतले वृद्धि भएको छ । 

यस्तै बैंकिङ शून्य दशमलब ४६, विकास बैंक ५ दशमलब ३२, जलविद्युत् पाँच दशमलब ९७, अन्य ४ दशमलब ३६ र माइक्रोफाइनान्स शून्य दशमलब ६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७