एनआईसी एशियाको ‘न्यू प्रिमियम समुन्नति बचत खाता’ अनलाइनबाटै खोल्न सकिन्ने


२९ आश्विन २०७५, सोमबार
nic

काठमाडौं, २९ असोज । एनआईसी एशियाको ‘न्यू प्रिमियम समुन्नति बचत खाता’ अनलाइनबाटै खोल्न सकिन्ने भएकाे छ । ‘सोच बदलौं,एनआई सी एशिया बैंक नै रोजौँ’भन्ने मुल नाराका साथएनआई सी एशिया बैंकले अनलाइनबाट खाता खोल्न सकिने व्यवस्था गरेको हो ।

बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंक खाता खोल्न लाइनमा बसी रहन नपर्ने र अब घरैमा बसी झण्झटरहित तरीकाबाट आफ्नो बैंक खाता खोल्न सकिन्ने सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे बताएका छन् ।
बैंकले ‘न्यू प्रिमियम समुन्नतिबचत खाता’ खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २०% को विशेष छुट पाउने व्यवस्था गरेको छ ।

देश तथा विदेशमा रहेका ग्राहक महानुभावहरुलाई बैंकको ‘न्यू प्रिमियम समुन्नति बचत खाता’ खोल्न सहजता होस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकले २६१ शाखा कार्यालयहरु, २५६ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६४ अर्ब तथा कर्जा रू. १३८ अर्ब रहेको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासल गर्दे आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७