‘इरानसँग अमेरिका पराजित’


२९ आश्विन २०७५, सोमबार
Hassan Rouhani Iran

 एएफपी

तेहरान, असोज २८  । इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाको पराजय भएको इरानका प्रधानमन्त्रीले आइतबार बताएका छन् ।

अमेरिकासहितका विश्वका छ शक्तिराष्ट्रहरू रूस, चीन, बेलायत, फ्रान्स र जर्मनीको पहलमा सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु इस्लामिक गणतन्त्र इरानको अमेरिकासँगको ‘नैतिक एवम् वौद्धिक’ जीत भएको प्रधानमन्त्री हसन रौहानीले बताएकाे हाे ।

सबैलाई थाहा भएकै कुरा हो कि अन्तराष्ट्रिय जिम्मेवारीवोधबाट अमेरिकाको वैधानिक तथा राजनीतिक पराजय भएको छ र हामीहरू सफल बनेका छौँ, राष्ट्रपति हसन रौहानीले तेहरानस्थित एक विश्वविद्यालयमा गरेको सम्बोधनमा बताए ।

अमेरिकाले आणविक सम्झौताबाट पछि हट्नु ठीक कदम भएको विश्वमा केही मुलुकहरूले मात्र बताएका छन्, उनले भने।

तर जुन मुलुकहरू सावधान छन्, र उदार छन् उनीहरूले अमेरिकी निर्णय अवैध र गलत भएको निष्कर्ष रहेको छ ।

वासिङटनले सन् २०१५ को आणविक सम्झौताबाट गत मे महिनामा पछि हट्नु र इरानविरुद्धको आर्थिक नाकावन्दी पुनः घोषणा गर्नुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उचित निर्णय’ बताएका हुन् ।

अमेरिकाले इरानविरुद्धको पेट्रोलियम क्षेत्र र केन्द्रीय बैङ्कलाई लक्षित गरी लगाउने प्रतिबन्धलाई आगामी नोभेम्बर ५ सम्ममा सम्पन्न गर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७