भुजी लिग कात्तिक दोस्रो साताबाट


२९ आश्विन २०७५, सोमबार
bhuji leauge
????????????????????????????????????

काठमाडौं, २९ असाेज । भुजी लिग रनिङ सिल्ड फुटबल प्रतियोगिताको आठौं संस्करण कात्तिकको दोस्रो साताबाट सुरु हुने भएको छ । रामेछाप जिल्लाकै प्रतिष्ठित फुटबल प्रतियोगिता भुजी लिग कात्तिक ९ देखि १६ सम्म सञ्चालन हुने आयोजक लिखु भुजी रामेछाप युवा क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

एक लाखभन्दा बढी पुरस्कार राशि रहेको प्रतियोगिताका लागि हाल टिम दर्ता खुला गरिएको आयोजक क्लब लिखु भुजी रामेछाप युवा क्लबका उपाध्यक्ष मनोज सुनुवारले जानकारी दिए । उनका अनुसार कात्तिक ८ सम्म टिम दर्ता हुने र त्यसपछि प्रतियोगिताको टाइसिट सार्वजनिक गरिनेछ ।

प्रतियोगिताको विजेता टोलीले ५४ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले २७ हजार तथा तेस्रो हुने टोलीले १३ हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट घोषित हुने एक खेलाडीसहित व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक पनि पुरस्कृत हुने उपाध्यक्ष सुनुवारले जानकारी दिए । बेलायती सेनामा कार्यरत केही युवाको सहयोग र स्थानीय युवाहरूको सक्रियतामा सुरु भएको भुजी लिग फुटबल प्रतियोगिता जिल्लाकै प्रतिष्ठितमध्येको प्रतियोगिता हो । प्रतियोगिता दसंै र तिहारको बीचमा आयोजना हुँदै आइरहेको छ ।

स्थानीय युवाहरूको प्रतिभा प्रस्फुटन र प्रोत्साहनका लागि प्रतियोगितालाई निरन्तरता दिइएको उपाध्यक्ष सुनुवारले बताए । ‘हाम्रो क्षेत्रमा धेरै युवा फुटबलप्रति आकर्षित छन्’, सुनुवारले भने, ‘उनीहरूको प्रतिभामा अझ निखार आओस् भन्ने उद्देश्यले हामीले निरन्तर यो प्रतियोगिता आयोजना गर्दै आइरहेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७