सिक्टा डुबाउने बस्नेत आयल निगमको कार्यकारी निर्देशक हुने दौडमा


३० आश्विन २०७५, मंगलवार
noc

काठमाडौं, ३० असोज । सडक डिभिजन कार्यालय काठमाडौंको प्रमुख हुुँदा विनाटेण्डर अरबौं रुपैयाँको ठेक्का दिएर भ्रष्टाचार गरेको रकम बुझाएर आयल निगमको कार्यकारी निर्देशक भएका गोपालबहादुर खड्काले जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ घोटाला गरेर बिदा भए । खड्का जस्तै राष्ट्रिय गौरवका रानीजमरा कुलरिया सिंचाई र सिक्टा सिंचाई आयोजनामा अरबौं भ्रष्टाचार गर्ने अर्का विवादित उपसचिव(डीई) रमेशकुमार बस्नेत निगमको कार्यकारी निर्देशक नियुक्ति हुने दौडमा छन् । उनी हाल सिक्टा डुबाएर वागमती सिंचाईको प्रमुखमा सरुवा भएका छन् ।

noc


११ महिनादेखि निमित्तको भरमा चल्दैआएको निगमको कार्यकारी निर्देशकका लागि १७ जनाले आवेदन दिएका छन् । आवेदन दिएकाहरुको छनोट प्रक्रिया सुरु हुन नसकेपछि पुनः विज्ञापन हुने चर्चा पनि छ । निगमको कार्यकारी निर्देशकका लागि दरखास्त दिनेमा डा. सरोज कोइराला, गोविन्दप्रसाद खरेल, मंगललाल श्रेष्ठ, प्रलयंकर आचार्य, नारद थापा, अनिलकुमार झा, सुरेन्द्रकुमार पौडेल, मुकेश काफ्ले, तारानाथ पौडेल, रामप्रसाद धिताल, शिवहरि श्रेष्ठ, अच्यूत पहाडी, लोकबहादुर खड्का, शिवराम यादव, रमेशकुमार बस्नेत, गोबद्र्धन खड्का लगायत छन् ।
निगमको एमडीका लागि निवेदन हाल्नेमा सबैभन्दा बढी चर्चा सिक्टा सिंचाई आयोजनामा २ पटक आयोजना प्रमुख र त्यसअघि रानीजमरा सिंचाई आयोजनामा अरबौं घोटाला गरेका रमेशकुमार बस्नेतको दरखास्तलाई लिएर हुने गरेको छ । उनले पैसाकै बलमा निगमको एमडी हुने सपना देखेर दरखास्त हालेका हुन् । अख्तियारले छिट्टै विशेष अदालतमा मुद्दा दायर नगरे उनी नेकपाका नेतालाई पैसाले नै किनेर निगमको एमडी हुने चक्करमा छन् । स्रोतका अनुसार उनलाई निगमको एमडीमा निवेदन हाल्न सल्लाह दिने कालिका कन्ष्ट्रक्सनका संचालक विक्रम पाण्डे हुन् । विगतमा गोपालबहादुर खड्काले जस्तै सिक्टा र रानीजमरामा सेटिङमा ठेक्का दिएर कमाएको रकम खर्चेरै उनी निगमको एमडी हुने दाउमा दौडधूप गरिरहेका छन् ।

सिक्टाको मूल नहर परीक्षणका क्रममा पटक पटक भत्किएपछि परामर्शदाता कम्पनी इआरएमसी र ठेकेदार कम्पनी सीटीसीई कालिका कन्ष्ट्रक्सनसँगै बस्नेत र त्यसअघिका आयोजना प्रमुख दिलीप कार्कीविरुद्ध अख्तियारले मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ । राष्ट्रिय गौरवका सिक्टा र रानीजमरामा सेटिङमा ठेक्का दिएर बस्नेतले अरबौं भ्रष्टाचार गर्नेमा बस्नेतको नाम अग्रपंक्तिमा आउँछ । सिक्टामा ठेकेदार कम्पनी कालिकासँग मिलेर गुणस्तरहीन निर्माण सामग्री प्रयोग गर्दा पनि बेवास्ता गरेकै कारण मूल नहर भत्किएपछि उनलाई फिर्ता बोलाइएको थियो । तर ऊर्जा मन्त्री बर्षमान पुनलाई करोडौं रुपैयाँ घुस दिएर उनी दोस्रोपटक सरुवा भएका थिए ।
निगमको एमडीका लागि दरखास्त दिने गोविन्द खरेल उद्योग विभागका पूर्व इन्जीनीयर हुन् । उनी विभागमा हुँदा घुस खाने भनेर विवादित भएपछि विज्ञान प्रविधि मन्त्रालयमा सरुवा भएका थिए । हाल भौतिक मन्त्रालयमा कार्यरत छन् । जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध संचालक हुँदा संस्थान रसातल पु¥याएका अनिलकुमार झा जहाँ कार्यकारी निर्देशक खुले पनि आवेदन दिनेमा पर्दछन् । उनी डोलिडारका पूर्व डीई हुन् । मुकेशकुमार काफ्ले विद्युत प्राधिकरणको एमडीबाट बर्खास्त भएका हुन् । उनी एमडी हुँदा ब्याट्री कम्पनीको प्रभावमा परी १८ घन्टासम्म लोडसेडिङ गराउने काम गरेका थिए । जब कुलमान घिसिङ आए लोडसेडिङबाट जनताले मुक्ति पाउन सफल भएका थिए । अन्धकारका पक्षपाती काफ्लेले पुनः निगमको एमडीका लागि निवेदन हालेका छन् ।
त्यसैगरी, नेपाल वायुसेवा निगमका विवादित पूर्व हाकिम गोबद्र्धन खड्का र अच्यूतराज पहाडीले पनि निगमको एमडीका लागि दरखास्त हालेका छन् । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकबाट अवकाश पाएका सुरेन्द्रकुमार पौडेल र वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रबाट ४ बर्षे कार्यकाल पूरा गरेका रामप्रसाद धितालले पनि निगमको एमडीका लागि आवेदन दिएका छन् । शिवहरि श्रेष्ठ विमा संस्थानदेखि खाद्य संस्थानको महाप्रबन्धक भइसकेका हुन् । अरु आवेदक भने खासै नाम नसुनिएका छन् । कतिपय निगमभित्रका पनि छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७