दशैं मनाउन साढे २१ लाखले उपत्यका छाडे


३० आश्विन २०७५, मंगलवार
buspark 1

काठमाडौं, ३० असोज । सबै नेपालीको घरमा दशैंको रौनक भित्रिइसकेको छ । परदेश मात्र होइन स्वदेशका विभिन्न ठाउँमा काम विशेषले रहेकाहरु धमाधम घर फर्किरहेका छन् ।

buspark 1
फाइल फोटो

जागिर, अध्ययनलगायत विभिन्न कामका लागि राजधानी भित्रिएकाहरु अधिकांश घर फर्किसकेका छन् भने अब थोरै संख्यामा मात्र बाँकी छन् ।

नेपाली चाड दशैं मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । सोमबार बेलुकासम्म २१ लाख ५४ हजार २६ जना यात्रु दशैं मनाउन बाहिरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

२ लाख ४५ हजार ४६ वटा सवारीमार्फत ती यात्रु उपत्यकाबाट बाहिरिएको महाशाखाका प्रमुख वसन्त पन्तले बताएका छन् । ो तथ्याङ्क ५ असोजदेखि आइतबारसम्मको हो ।

सोही दिन सरकारले दशैंका लागि टिकटको अग्रिम बुकिङ खोलेको थियो । पन्तले नेपालका विभिन्न क्षेत्रमा दशैं, तिहार र छठ मनाउन ठूलो संख्यामा मानिस बाहिरिने गरेको बताए ।

महाशाखाका अनुसार हालसम्म १ लाख ६२ हजार ९८ वटा टिकटको अग्रिम बुकिङ भएको छ । यातायात व्यवस्था विभागका अनुसार गत वर्ष २४ लाख बढी यात्रु दशैंका लागि बाहिरिएका थिए । अघिल्लो वर्ष भन्दा केहि कम मात्र यात्रु उपत्यका बाहिरिएको पन्त बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७