दशैंको यात्रु बोकेको बस दुर्घटना


३० आश्विन २०७५, मंगलवार

चितवन, ३० असोज । भरतपुर आँपटारी देवघाट सडक खण्डमा आज बिहान भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन् ।

Accident

देवघाटबाट पोखरा बसपार्कतर्फ आउँदै गरेको ना ७ ख १५५४ नम्बरको सिटी बस तीव्र गतिका कारण अनियन्त्रित भई नालामा पल्टिएर दुर्घटनामा भएको थियो । गाडीमा दशैंका लागि विभिन्न ठाउँ हिंडेका यात्री चढेका थिए ।

दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा ३० जना सवार थिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सिटी बस चालक फरार रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७