नेपाल-भारत सीमा सुरक्षा बैठक


३० आश्विन २०७५, मंगलवार
20180508023038 nepal india

मोरङ, ३० असोज । शान्ति सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल– भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ ।

20180508023038 nepal india

बैठकमा सीमावर्ती भारतीय बजार जोगबनीमा हुने मालबाहक गाडीको चापलाई खुकुल्लो पार्न, मिरगञ्जस्थित जीर्ण पुलबाट ५०-६० मेट्रिक टन बोकेको मालबाहक गाडी ओहोर दोहर गर्नबाट उत्पन्न समस्या समाधान गर्न, आइसिटी सञ्चालन र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्ने सम्बन्धमा दुवै देशका स्थानीय प्रशासन र सुरक्षा निकायबीच सहमति भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए ।

सोमबार बसेको सो बैठकमा नेपालकोतर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी केसी, प्रहरी उपरीक्षक मनोज केसी र विराटनगर भन्सार प्रमुख निमांस अधिकारी तथा भारतकातर्फबाट अररियाका जिएम हिमांशु शर्मा, प्रहरी प्रमुख, सीमा सुरक्षा प्रहरी प्रमुख र भन्सार प्रमुखको सहभागिता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७