मोडल मानुसीको हत्या, झाडीमा सुटकेशभित्र भेटियो शव


३० आश्विन २०७५, मंगलवार
dc Cover vuolgfrmr0iorqppa1vhggk564 20181016122835.Medi

काठमाडौं, ३० असोज । मुम्बईमा एक मोडलको हत्याले सनसनी मच्चाएको छ । ती मोडलको हत्या मात्र गरिएन, उनको लाशलाई सुटकेशमा हालेर झाडीमा फालिएको छ ।

dc Cover vuolgfrmr0iorqppa1vhggk564 20181016122835.Medi

प्रहरीका अनुसार ती मोडल २० वर्षकी हुन्, भने हैदरबादका बासिन्दा हुन् । २० वर्षीया ती मोडल भर्खर चर्चामा आउन थालेकी थिइन् । उनी सिल्भर स्क्रिनमा छाउन थालेकी थिइन्, भने बलिउडमा आएर आफुलाई चर्चित बनाउन चाहन्थिन् ।

तर उनको यो सपना सपनानै बनेको छ । ग्ल्यामर क्षेत्रमा आफुलाई अब्बल सावित नगर्दै उनको हत्या भएको छ । यो कुरा २० वर्षीया मोडल मानसी दिक्षीतको हो ।

अर्का २० वर्षीय युवकले मानसीको हत्या गरेका हुन्, भने उनको लाशलाई ट्राभल ब्यागमा खाँदेर मलाडको माइण्डस्पेस नजिकैको ठूलो झाडीमा फ्याँकेका थिए । ती आरोपित युवक मोडल मानुसीको साथी भएको बताइएको छ ।

युवकले मुम्बईमा मध्यरातको समयमा सबै सुतिरहेको समयमा ती २० वर्षीया मोडल मानसीको शब ठेकान लगाएका थिए ।

यसरी मध्यरातमा शबलाई ठकान त लगाए तर उनी आफुलाई बचाउन सकेनन् । उनी सीधै प्रहरीको फन्दामा परे । तर अहिलेसम्म किन उनले ती मोडल साथीको हत्य गरे भन्ने विषयमा कुरा खोलेका छैनन् ।

मुम्बई प्रहरीको डिसिपी संग्राम सिंह निसानदारका अनुसार हत्या गरिएकी मानुसी दिक्षीत एक मोडल थिइन् । उनी राजस्थानका स्थायी बासिन्दा हुन् । मानसीदे कयौं म्युजिक भिडियो तथा सर्ट फिल्महरुमा काम गरिसकेकी थिइन् ।

तर यता आरोपित ती युवक मुजम्मिल सैय्याद भने हैदरबादका स्थायी बासिन्दा हुन् । उनी केहि दिन पहिले मात्रै मुम्बई आएका थिए ।

अहिलेसम्म ती युवकले मोडल मानुसीको हत्या किन गरे भन्ने कुरा भने खुल्न सकेको छैन । प्रहरीको अनुसार आरोपित युवकले आफ्नो बयान परिवर्तन गरिरहेका छन् ।  आरोपित युवकका अनुसार उनीहरुको केहि दिन पहिले झगडा भएको थियो । प्रहरीले अझैं अनुसन्धान गरिरहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७