माइक्रोसफ्टका सह–संस्थापक पाउल एलन अब रहेनन्


३० आश्विन २०७५, मंगलवार
paul allen 16102018115634

काठमाठौं, ३० असोज । माइक्रोसफ्टका संस्थापक पाउल एलनको ६५ वर्षको उमेरमा रक्तक्यान्सरका कारण निधन भएको छ ।

paul allen 16102018115634

पहिलोपटक सन् २००९ मा उनलाई नन् हज्किन्स लिम्फोमा भएको थियो । तत्पश्चात त्यसको उपचार गरेपनि फेरी फर्किएको उनले २ साता अघि जानकारी दिएका थिए ।

उनले आफ्नो रोगका बारे जानकारी दिने क्रममा रोग नियन्त्रण हुनेमा आफू र आफ्ना चिकित्सक सकारात्मक रहेको बताएका थिए ।

उनको निधन प्रति माइक्रोसफ्टका अर्का संस्थापक बिल गेट्सले दुस्ख व्यक्त गरेका छन् । ‘एकदमै नजिकको साथि गुमाउनु परेकोमा म निकै दुःखित छु । उनी बिना व्यक्तिगत कम्प्युटिङ सम्भव थिएन,’ गेट्सले भने ।

उनको स्थानीय समय अनुसार सोमबार दिउँसो निधन भएको हो । बिल गेट्स र पाउल एलन मिलेर खोलेको कम्पनी माइक्रोसफ्ट विश्वकै धनी कम्पनी मध्येमा पर्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७