५० लाख भन्दाबढीको रुद्राक्ष चोरी


३१ आश्विन २०७५, बुधबार
dana12

काठमाडौं ३१ असोज । दशैंँको छेका पारेर तेह्रथुममा ५० लाख भन्दा बढीको रुद्राक्ष बोटबाटै चोरी भएको छ । तेह्रथुम जिल्लाका ला.न.पा वडा नम्बर ६ मा गत आइतबार रुद्राक्ष चोरी भएको हो । हिमालकुमार राई, उदय चन्द्र खत्री र पवन जिसीले नारायण घिमिरेसँग लिएको रुद्राक्ष चोरी भएको हो ।

dana12
रूद्राक्ष चाेरी भएकाे बाेट

रुद्राक्ष टिप्ने बेला भैसकेको हुनाले हेर्न बसेका ओमप्रसाद सुवेदी पनि इटहरी जानु परेकोले गएको समयमा रुद्राक्ष चोरी भएको थियो । सुवेदी र घिमिरेले बिहान ५ बजे हेर्दा रुद्राक्ष भएको तर बिहान ८ बजे तिर बेलुका रुद्राक्ष चोरी भएको भनी घिमिरेले फोन गरेर ठेकेदार समूहका एक व्यक्तिलाई जानकारी दिएको हिमाल राई बताएका छन् ।

प्रहरीमा उजुरी गरे पनि दसैँले गर्दा खोजी प्रभावित भएकोले चोर्ने व्यक्ति फेला पर्नेमा शंका छ । रुद्राक्ष चोरी भएपछि ठेकेदारहरू पुगेर घिमिरेसँग जानकारी लिँदा राम्रो जवाफ नदिएको बताएका छन् । उल्टै प्रहरीमा उजुरी गर्नु भन्दा नगर्न भनी सुझाव दिएको राईले बताएका छन् ।

राईले आफूहरू इटहरीमा हुँदा मौका छोपेर चोरी भएका बताएका छन् । चोरी भएको रुखमा राम्रो रुद्राक्ष फल्ने भएकोले एक वर्ष अगाडी नै घिमिरेसँग कागज गरी सम्झौता भएको थियो । राईले भने, ‘राम्रो रुद्राक्ष फल्ने बोट थियो । चोरी गर्दा रुद्राक्षको रुखमा कुनै असर परेको छैन । तर, रुद्राक्ष भने ८० प्रतिशत भन्दा बढी चोरी भएको छ । रुद्राक्ष चोरी भएपछि हामीले घिमिरेलाई गएर सोध्यौँ । उनको अस्पष्ट जवाफ आयो । उनको अस्पष्ट जवाफप्रति हामीलाई शंका लागेको छ ।’ घिमिरेकै आँगन नजिक भएकोले अरूले चोरी गर्न नसक्ने ठेकेदार समूहको दाबी छ ।

रुद्राक्ष व्यापारीहरूले पहिले नै ठेक्का दिने चलन छ । यदि घरबेटीकै संलग्नमा चोरी भएमा घरबेटीले ठेकेदारले भनेको जति मुल्या तिर्नु पर्ने सर्तमा सम्झौता भएको हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७