अाजकाे राशिफल : वि.सं. २०७५ साल कात्तिक १ गते।


१ कार्तिक २०७५, बिहीबार
rashifal today

पञ्चाङ्ग

वि.सं. २०७५ साल कात्तिक १ गते। बिहीबार। इश्वी सन् २०१८ अक्टोबर १८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– नवमी, १४:३३ बजेउप्रान्त दशमी। नक्षत्र– श्रवण, २४:४४ बजेउप्रान्त धनिष्ठा। योग– धृति, ११:१३ बजेउप्रान्त शूल। करण– कौलव, १४:३३ बजेदेखि तैतिल, २७:३७ बजेउप्रान्त गर। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– ६:०६ बजे, सूर्यास्त– १७:३० बजे र दिनमान २८ घडी ३१ पला। कार्तिक संक्रान्ति। महानवमी। मन्वादि। स्याक्वत्याक्व। बौद्धावतार। शारदीय नवरात्र समाप्ति। 

rashifal today

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । मनमा दुविधा उत्पन्न हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मन भावुक र उत्ताउलो बन्नेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । प्रेममा मनमुटाव आउनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेम जीवन सुखद् रहने छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । – ज्यो.पं. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७