कथा : दशैं

-मोहनहरि पौडेल

अरू वर्षहरूमा झै यस वर्ष पनि दशैं आयो । किन हो कुन्नि यस वर्ष भने अलि अवेर गरेर ढिलो आयो । शायद उसलाई आउकी नआउ दुई मन भएको पनि हुनसक्छ ? नयाँ नाना लगाउने, चिचि, पापा खाने रमाउने बच्चाहरूले दशैं कहिले आउँछ सोध्थे ।

पुर्‍याउन पर्ने अभिभावकहरू भन्थे, नारनघाट आइपुग्यो, डुम्रे आईपुग्यो, दमौली आईपुग्यो, अव छिटै आउँदैछ । दशैं आयो आएरै छाड्रयो । थोरैका लागि उत्साह र उमङ लिएर आयो भने धेरैका लागि दशा बनेर आयो । क्रान्तिकारी भनिएको पार्टीका बौद्धिक नेताको नेतुत्वमा सरकार बन्यो ।

सरकारले जनतालाई राहतको कार्यक्रम ल्याउने सार्वजनिक वक्तव्य दियो । त्यसको लगतै आकाश छुने गरी महंगीको ग्राफ बढयो । मान्छेहरूले भेटाउन नसक्ने गरी महंगी दौडिरहयो दौडिरहयो ।

घटस्थापनाको अघिल्लो दिन मेलिना बजार गई मान्छेको चहलपहल बढदो थियो । पसलेहरूलाई सामान दिन र पैसा थन्काउन हम्यहम्य परेको थियो । बजारको रन्को नै अर्को थियो । हिन्दी, अंग्रजी र नेपाली गीतका चक्कहरू घन्की रहेका थिए ।

बाहिरबाट आउने र अल्ली फुर्सद भएर छिटै गाउँतिर फर्कने मान्छेको आवगमनले सवारी साधन पनि अरू बेला भन्दा अल्ली ओजनदार देखिन्थ्यो । मेलिनाका चाचा, पापा र नाना किन्निदिनु पर्न भुराभुरी त थिएनन तर देवि दुर्गाको स्थापनाका लागि आवश्यक पुजाका सामान किन्न गएकी थिइन् ।

उनी आस्तिक, धार्मिक र प्राकृतिक छन् । त्यसैले भगवान, भाग्य, पूर्वजन्म, परजन्म सबैमा उसको विश्वास छ । के सोची कुन्नी उसले रोहितलाई सम्झिई प्रत्यक्ष भेटन पाएको भए के–के भन्थी ? फोन गरी–‘रोहित तिमी कहाँ छौ, के गर्दैछौ, थकित छौ कि मस्ती ?’

म पूजाका लगि समान किन्न बजार आएकी छु छया ! कस्तो महंगी उसले थपि कहाँको मस्ती हुनु ? रोहितले आफ्नो पीडालाई पन्छाएर भन्यो दशा दशैं वबनेर आउँछ, मेलिना ।

यसलाई सहज, छोटो र मितव्यायि मनाउनु पर्छ है उसले स्विकृति जनाई । उ पीडामा छ । समस्या, प्रश्नहरूमा जेलिएर, बेरिएर कुन्ठा हुर्काउँदै मनभरी अभावमा बाँचिरहेकी छ । हुन त एक पेट खान, एक सरो लगाउन उसलाई खासै समस्या होइन तर पनि उसलाई आफ्नो भनेर आफ्नो ठान्ने खासै कोहि छैन । छ भने पनि छैन भने पनि एउटा लोग्ने हो । जसले उसलाई कान्छी बनाएर त ल्यायो तर कहिल्यै घर लगेन ।

जो बषैदेखि उसँग वस्थ्यो तर उसको सहकार्मी, सहधर्मी हुन सकेन । जीवनका धेरै बसन्तहरू पार गर्दा मेलिनाले धेरै उकाली चढी र धेरै ओराली पनि झरी । धेरै दुःख र हण्डर पनि झेली जीवन संघर्षमा । तर पनि उ कहिल्यै दुःखमा साथ दिएर रोएन, कहिल्यै रोएन मेलिना त्यही गुनासो गर्दछे ।

माया प्रेमका रसिला प्रसँग उठाउँथ्यो मेलिनाका साथीहरू उ मात्र कल्पना गर्दथी र कल्पनाकै दुनियाँमा हराएकी हुन्थ्यी । यस्तो पनि हुने गर्दथ्यो कहिलेकाँही त कल्पनाको दुनियाँबाट यर्थाथको संसारमा फर्कने गोरेटो समेत बिर्सन्थी उ । भन्थी, ‘एउटा पुकार छ–रोहित भगवानसँग मलाई मानसिकता गुमाएर बाँच्नु नपरोस् ।

मात्र यति भए पुग्छ ।’ रोहित गम्भीर हुन्थ्यो सान्त्वना दिने प्रयत्न गर्दथ्यो । तर उ भन्थी, ‘नाताले केही गर्दोरहेनछ रोहित, जे गर्छ न्यानो माया र जिम्मेवारी वोधले गर्छ ।’ रोहित भावुक,गम्भीर स्तव्ध भयो । मेलिना आफ्ना पीडाका पोकाहरू फुकाउँदै मनलाई हलुका पार्दै थिई ।

रोहित सोच्दै थियो-स्वास्नीलाई लोग्ने र लोग्नेलाई स्वास्नी जवानीका आवश्यकता र बुढौलीका अनिवार्यता हुन तर जीवन जति आर्दशपूर्ण हुन्छ त्यति यर्थाथपरक हुँदोरहेनछ ।

मान्छेमा सबभन्दा हुनुपर्ने गुण इमान्दरिता हुन् तर उसको लोग्नेबाट उ त्यस्तो अनुभुति गर्न सकिरहेकी छैन, पाईरहेकी छैन । केका लागि र कसका लागि उसले भाकल गरी वा उसको लोग्नेले । एउटा छिपिएको गनाउने बोका पालेकी थिई मेलिनाले मनकामनामा चढाउने भनेर । बोका निकै मातिएको थियो । दानापानी गर्न जादाँ उ मान्छेसँग पनि बाख्रीसँग गर्न व्यवाहार गर्दथ्यो । यसलाई काट्रने दिन कहिले आउँला मेलिना रिसाउँथी ।

उसलाई अर्काे पीर पनि परिरहेको थियो कतै यो पेट बोल्ने मुख नवोल्ने लोग्नेसँग मनाकामना जानु पर्न त होइन ? तर परेन । फुलपातिको दिन आयो । उसको लोग्ने बोको डो¥याउँदै मनकामना गयो । पूजा ग¥यो । भाकल पूरा गर्न बोकाको बली दियो मासु बोकेर साझ घर फक्र्यो ।

विज्ञान र प्रविधिको चमत्कार–मनका कुरा, भावना र विचार आदान प्रदान गर्न अत्याधुनिक सामानहरू । ‘रोहित तिमीले देवता नमानेर ठीक गर्‍यौ । मत आज गोहीको आँशु रोएर’” उसले वाक्य पूरा गरिन् । सायद भावुक भई । ‘अब त म जीवनमा कहिल्यै पनि वलि दिने छैन । बोकाको माया पश्चातापको ग्लानीले मेरो दशैं खल्लो भयो त्यसको मासु देख्यो कि मन भक्कानिएर आउँछ । आँशुले आँखा भरिन्छ मासु खानै सक्दिन । ठूलो पाप भएछ । रोहित र मेलिनाबीच विचार र भावनाको छलफल भई रहन्थ्यो ।

रोहितले भनेको थियो, ‘ए मेलिना सबै प्राणी इश्वरका सन्तान हुन भने बलियो सन्तानले निर्धालाई मारेर बली चढाउदा कुन बाबु आमा मान्छन होला ? कुनै पनि धर्मग्रन्थमा बली चढाउने लखेको छैन मेलिना । यस्तो अन्ध विश्वासमा लागेर काम नगर्नु । शायद यही भनाइले मेलिनाको मन छोयो क्यारे । आज उसको मानवता जागृत भएर आएको महसुस ग¥यो रोहितले ।

कात्तिक महिनाको शुरुवातसँगै जाडो पनि बढदो क्रममा छ । फाँटहरूम धान पहेंलिएको छ । शिशिर ऋतुको मनमोहक दृष्यले त्यसै पनि रोमान्चित बनाई रहेको बेला यो । त्यसमाथि दशैंको रमझम, आज त टीकाको दिन ज्योतिष पण्डितले पात्रो पल्टाएर ११ः३० बजेलाई अमृत समय निर्धारण गरेका थिए ।

टीका लगाउनलाई टीकाको तयारी गरी मेलिनाले टीकाको दिन आपसमा कटुता भएका दाजुभाइ पनि दशैंको टीका लगाएर कटुता विर्सने किम्वदन्ती । लोग्ने स्वास्नी, पाहुनापाछा आउँलान् भनेर उसले भात भान्छाको राम्रो व्यावस्था गरेकी थिई ।

दश बज्यो, एघार बज्यो, बाह« बज्यो तर, उसको लोग्ने घर आएन । उ टीका र भान्छा कुरिरही । समय गुज्रेपछि उसको लोग्ने घर आयो । तर घरायसी बातावरण सरल, सहज र मैत्रीपूर्ण भएन । खासै कारण विना नै उनीहरू बीच असमझदारी बढ्यो । दुई नाउमा खुट्टा राख्नेसँग झगडा हुन कुनै निहुँ नै नचाहिने रहेछ ।

गाँस–बास एकातिर माया, ममता र भलाकुसारी अर्कातिर भएपछि यस्तै हुँदो रहेछ मेलिना गुनगुनाउँदै थिई । लोग्ने टीकाटालो पनि नगरी घरबाट निस्कियो । कता गयो कुन्नी ? मेलिना पनि खाना त्यसै छाडेर माइतीतिर हिंडी ।

घरमा असमझदारी भए माइतीको शरणमा जाने महिलाहरूको पुख्र्याैली परम्परालाई मेलिनाले पनि निरन्तता दिई । उसको मनको आकाशमा बादलले ढाक्यो । औसीको रातझै अँध्यारो, कालो देखियो उसको मन खिन्न भएर कुडियो ।

‘रोहित म काठमाडौं जाने बसमा चढें । दूरसञ्चारबाट उसले सन्देश पठाई । दुःखको बेला सम्झने उसको साथी, आफन्त जे भने पनि त्यही रोहित हो । पूरानो साथी । आ–आफ्नो जीवनको लामो यात्रा पारगरी सकेका खोलाका दुई किनार जस्ता नत जुटन सक्ने न त छुट्न सक्ने । यही हो उनीहरूको सम्बन्ध, नाता जे भने पनि ‘रोहितले पनि सन्देश पठायो ।’ ‘राम्रोसँग जानु पुगेपछि सन्देश पठाउनु ।’ रोहितले पनि सन्देश पठायो ।

आजको दिन चाडवाडको दिन गाडी कम चल्ने मान्छेहरू धेरै आवत जावत गर्ने दिन कसरी पुग्ली दुःख पाउछेकी रोहितले कुरा खेलायो । दशैं खल्लो भो बेकारमा बसेछु यतिका दिनसम्म हुन त तिमीलाई भनेर के भो र ? जसलाई चाडबाडको महत्व नै छैन । मेरो त बर्मा गए कर्म सँगै भने जस्तो भयो मेलिनाले अर्को सन्देश पठाई ।

घरायसी सम्वन्ध र परिस्थिति सरल र स्वाभाविक थिएन । ऊ पहिले नै हिडिदिन सक्थी तर त्यसो गरी न, उसले बिहे र नाताको धर्म त निभाउनै पर्‍यो । किनकी उ स्वास्नी मान्छे थिई । उ आफ्नो मनलाई सम्झाउँथी, सान्त्वना दिन्थी ।

उ ठान्थी जसको भाग्यमा जति छ त्यती मात्र पाइने हो । मेरो भाग्यमा लोग्नेको माया सामिप्यता तथा सन्तानको सुख लेखेको रहेनछ त कताबाट पाउनु ।

मान्छेहरू निधारभरी रातो टीका, कानभरी पहेंला जमारा उनेर हर्ष र उल्लासका साथ गन्तव्यमा पुग्न व्यस्त थिए । आतुर थिए । तर मेलिना खाली निधार अँध्यारो मन लिएर मुखमा पानी समेत नहाली माईतीमा एक्लै पुगी । सामान्य हाइहेलो भलाकुसारी त भयो नै ।

आफन्त, नातेदार, दिदीबहिनीहरूका जोडीहरू हाँस्दै, रमाउँदै कुममा कुम जोड्दै पारिवारिक पे्रमका उत्पादनहरू छोराछोरी समेत आएको देख्दा उसको मन झन भक्कानिएर आयो । आफ्नो भाग्य र कर्मलाई आफैले धिक्कादै उ खुम्चिएर बसी । समय काट्न उसलाई निकै गाह्राे भयो । दिदीबहिनीहरू आफ्ना सन्तान र श्रीमानको स्याहार सुसारमा तल्लिन भए ।

उसँग न सन्तान न लोग्ने उ त बस पाहुनाको स्वागत, सत्कार, सेवा र जुठा भाँडा माझने बुहारी र घरेलु कामदार जस्ती भई उसले ठानी यहाँ पनि उस्तै त हो कहिले आउँली र काम गर्ली भन्ने मात्र त हो । लोग्ने र आमा उस्तै हुन मेरा लागि मेलिनाले निष्कर्ष निकाली ।

मेलिनाको विग्रदो पारिवारीक सम्वन्धका कारण स्थायित्व नदेखेका उसका बाबु निकै चिन्तित भए मेलिनाको बैबाहिक सम्वन्ध भएदेखि नै उनी प्रश्न थिएनन् । सम्भावित भविष्यको पूर्व अनुमान गरेका उनले मन मष्तिस्कमा जुन कल्पना गरेका थिए घटना क्रमले पुष्टि गर्दै थियो । जागिरमा बाहिर भएका लोग्नेको परामर्श विना नै आमाले सुम्पिएकी थिइन् मेलिनालाई । छोरी उनका लागि बोझ थिई या के थियो तर निर्णय उनको अनुकूलमा थिएन ।

बाध्यतामा मेलिना बेहुली बनेकी थिई । आमालाई खासै चिन्ता नभए पनि बाबुले घुमाउरो पाराले दुःख मान्दै उनले आफ्नो मनको डर र चिन्ता छोरासँग पोखे । अन्य सदस्यहरूको पनि उनीप्रति अविश्वास भएको उसले अनुभूति गरी ।

समस्या, मनका पीडा नबुझ्ने सधै चोर औला उठाई रहने समाज र परिवाप्रति उसले मौन संघर्ष गरी माइतीमा पनि उसलाई रमाइलो लागेन उ घर फर्की ।
(स्रोत : सुनाखरी सन्देश साहित्यिक पत्रिका अंक २)

प्रतिक्रिया दिनुहोस्