ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो


२ कार्तिक २०७५, शुक्रबार
Rss Images 1539872210423 laxmi garu khame 3

भादगाउँ, २ कात्तिक । बडादशैँका दिन आज भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ ।

Rss Images 1539872210423 laxmi garu khame 3
महानवमीको दिन बिहीवार भक्तपुरमा खःमेय् जात्रा मनाउँदै स्थानियहरु । तस्वीर : रासस

धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष आजका दिन भक्तजनको घुइँचो लाग्ने गर्छ ।

ब्रह्मायणी र नवदुर्गा देवगणको पूजा र दर्शन गर्नाले सुख, शान्ति र समृद्धि मिल्ने मान्यताले अहिले देवीको दर्शन र पूजाका लागि भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका स्थानबाट भक्तजनको भीड लागेको छ ।

सुख, शान्ति, र मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले केही भक्तजनले आफ्नो घरदेखि ब्रह्मायणीसम्म घस्रेर आउने गर्दछन् । बिहानैदेखि भक्तपुरको टोलटोलमा रहेका परम्परागत धिमेबाजा, बाँसुरी बाजाका टोलीसमेत बह्मायणी मन्दिर पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७