दुई दशकसम्म सडक ग्राभेल हुन सकेन


२ कार्तिक २०७५, शुक्रबार
sadak

दार्चुला, २ कात्तिक । गोकुलेश्वर खार खलङ्गा सडक दुई दशकसम्म पनि अझै ग्राभेल हुन सकेको छैन ।

sadak

महाकाली लोकमार्गको दार्चुला खलङ्गा जोड्ने वैकल्पिक छोटो मार्गको रुपमा प्रयोग गर्न सकिने गोकुलेश्वर खार खलङ्गा सडक निर्माण शुरु भएको बीस वर्ष बितिसक्दा पनि अझै अलपत्र छ ।

आर्थिक वर्ष ०५५-५६ मा निर्माण शुरु भएको सडकमा ०७३-०७४ मा अस्थायीरुपमा ट्रयाक खुलाइएको थियो । कूल ४४ किलोमिटर सडक निर्माण बेलाबेला पहिरोका कारण अवरुद्ध हुने गरेको छ ।

असारमा आएको बाढीका कारण सो सडकखण्ड पूरै अवरुद्ध भएको थियो । कूल ४४ किलोमिटर सडकमध्ये गोकुलेश्वरको कर्कलेदेखि २८ किलोमिटर र खलङ्गादेखि सात किलोमिटर सडकको अस्थायी ट्रयाक खुलाउन कामको लागि खाद्यान्न कार्यक्रमले पहल गरेको थियो ।

उक्त कार्यक्रम बाहिरिएपछि सडक निर्माणको जिम्मा ग्रामीण विकेन्द्रीत तथा पूर्वाधार कार्यक्रमले लिएको थियो । सडक निर्माणको लागि भएको खर्च विवरण उपलब्ध नगराइएको र अहिलेसम्म पनि सडक ग्राभेल गर्नेतर्फ कसैले ध्यान नदिँदा सो सडक सञ्चालनमा समस्या भएको स्थानीयबासी बहादुर टमटाले बताए ।

वैकल्पिक सडक हुँदाहुँदै पनि सडक निर्माण अब कसले गर्ने भन्ने अन्योल रहेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए ।

गत वर्षसम्म सडक डिभिजन कार्यालय पाटन बैतडीले ठाउँठाउँमा सडक खुलाउने काम गरेको थियो । अहिले सडक प्रदेश मातहत रहने कि केन्द्रीय राजमार्गअन्तर्गत राख्ने भन्ने कुरा उठ्दै आएको छ ।

उक्त सडकलाई प्रदेशको गौरबको योजनाको रुपमा अघि बढाउने गरी छलफल भइरहेको प्रदेश सभासद् मानबहादुर धामी सन्तोषले बताए ।

‘अहिले नै सडक प्रदेश मातहत जाने पक्कापक्की भएको छैन’, उनले भने, ‘तर यो सडकलाई सदरमुकामदेखि होपरीगाड, सिप्टी, मार्मा र अपि हिमाल जोड्ने गरी प्रदेश गौरवको योजना बनाउने सोच बनाएका छौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७