१० करोड लागतमा भिरकोट नगरपालिकाको भवन


३ कार्तिक २०७५, शनिबार
nagarpalika 1

वालिङ, ३ कात्तिक । आफ्नै भवन नभएर सेवा प्रवाहमा कठिनाइ भइरहेका बेला केही व्यक्तिले निःशुल्क जग्गा उपलब्ध गराएपछि भिरकोट नगरपालिकाले नयाँ भवन बनाउने भएको छ ।

nagarpalika 1

शुक्रबार शिलान्यास गरिएको उक्त भवनका लागि थानीय समाजसेवी गोविन्दकुमार कर्माचार्य, भीमलाल कर्माचार्य, फत्तबहादुर केसी, रुद्रबहादुर केसी र इन्द्रबहादुर केसीले दुई करोड मूल्य बराबरको वडा नं १ स्थित दार्सिङ भोर्लाकुनामा रहेको चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

काम थालिएको दुई वर्षभित्र भवन निर्माण गरिसक्न गजेन्द्र निर्माण सेवासँग १० करोडको लागतमा ठेक्का सम्झौता गरिएको नगर प्रमुखका स्वकीय सचिव नन्दु खनालले बताए ।

भवन शिलान्यासका क्रमममा नगर प्रमुख छायाराम खनालले कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराएकामा जग्गादाताको प्रशंसा गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७