२०७५ कात्तिक ४ देखि ९ गते सम्मको राशिफल


४ कार्तिक २०७५, आईतवार

मेष : साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार नयाँ आयस्रोत थपिनेछ । सोम, मंगलबार निकै खर्चिलो रहन सक्नेछ । बुध, बृहस्पति, शुक्रबार उन्नतिकारक र भाग्यवर्धक रहनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ ।

rasifal

वृष : साताको पूर्वार्ध अनुकूल रहनेछ । शनि, रविबार मानसम्मान प्राप्ति र उच्चस्तरीय कार्यव्रmम बन्नेछ । सोम, मंगलबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । बुध, बृहस्पति, शुक्रबार मुख्य काममा व्यवधान आउन सक्नेछ । धैर्य गर्नु बेस हुनेछ ।
मिथुन : साता अनुकूल रहनेछ । शनि, रविबार धार्मिक काममा सफलता मिल्नेछ । सोम, मंगलबार मानोन्नतिका लागि महत्वपूर्ण अवसर मिल्नेछ । बुध, बृहस्पति, शुक्रबार सबै प्रकारले फलिफाप रहनेछ । मन प्रसन्न हुनेछ ।
कर्कट : साताको सुरु बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार शिथिल प्रायः रहनेछ । सोम, मंगलबार मानवतावादी र अध्यात्मवादी चिन्तन बढ्नेछ । बुध, बृहस्पति, शुक्रबार कठिनाइपूर्ण तरिकाले आटेको काममा सफलता मिल्नेछ ।
सिंह : साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनि, रविबार सुखद यात्रा, व्यापार व्यवसाय र पारवहन कार्य निकै सहज रहनेछ । मन रमाउनेछ । सोम, मंगलबार प्रतिकूल रहनेछ । बुध, बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ ।
कन्या : साताको अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार शत्रु परास्त हुनेछन् । मावली पक्ष सहयोगी रहनेछ । सोम, मंगलबार दाम्पत्य जीवनमा सहजता आउनेछ । मनोरञ्जन गरिनेछ । बुध, बृहस्पति, शुव्रmबार प्रतिकूल रहनेछ ।
तुला : साता सार्थक रहनेछ । शनि, रविबार निर्णय क्षमता बढ्नेछ । मनमा चिन्ता हट्नेछ । सोम, मंगलबार आटे ताकेको काम सजिलै बन्नेछ । आत्मबल बढ्नेछ । बुध, बृहस्पति, शुक्रबार पारिवारिक सहयोग प्राप्त हुनेछ । सन्तानबाट सुख मिल्नेछ ।
वृश्चिक : साताको सुरु बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार दुविधात्मक रहनेछ । सोम, मंगलबार बुद्धिवर्धक काम हुनेछ । शरीर पनि स्वस्थ रहनेछ । बुध, बृहस्पति, शुक्रबार काममा विजय मिल्नेछ । दीर्घकालीन काम बन्नेछ ।
धनु : साताको सुरु अनुकूल रहनेछ । शनि, रविबार सामाजिक दायित्व थपिनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । यश, कीर्ति मिल्नेछ । सोम, मंगलबार नितान्त प्रतिकूल रहनेछ । बुध, बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ । चिन्ता बढ्न सक्छ ।
मकर : साताको अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार बोलीवचनमा प्रभाव बढ्नेछ । खानपानका विशेष परिकारहरु प्राप्त हुनेछ । सोम, मंगलबार विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । बुध, बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ ।
कुम्भ : साता सार्थक रहनेछ । शनि, रविबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ । उपयुक्त अवसर मिल्नेछ । सोम, मंगलबार धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ । बुध, बृहस्पति, शुक्रबार व्यस्तता बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।
मीन : साताको मध्य भाग अनुकूल रहनेछ । शनि, रविबार खर्चिलो रहन सक्नेछ । सोम, मंगलबार साताकै उत्कृष्ट, महत्वपूर्ण र उच्चस्तरीय कार्यव्रmम बन्नेछ । बौद्धिकताको कदर हुनेछ । बुध, बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७