कार्यालय खुल्यो, सेवाग्राही नै छैनन्


४ कार्तिक २०७५, आईतवार
1500025474

विदुर, ४ कात्तिक । नुवाकोटको विदुरस्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारी भएता पनि सेवाग्राही भने न्यून छन् ।

1500025474

नेपाल सरकारले सरकारी कर्मचारीलाई दशैँ बिदा कटौती गरेर नागरिकलाई सरकारी कामकाजमा सुविधा दिने उद्देश्यले कर्मचारीलाई विभिन्न कार्यालयमा खटाएता पनि प्रशासन कार्यालयमा भने आज सेवाग्राही धेरै आएनन् ।

बडादशैँको १२ औं दिन आज पनि सो कार्यालयमा कर्मचारी आएका छन् तर अरु दिनभन्दा आज सेवाग्राही धेरै कम रहेको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए ।

‘अरु दिनमा नागरिकता र राहदानी बनाउनेको भीड लाग्ने गथ्र्यो, एकै दिनमा नयाँ र पुराना प्रतिलिपि गरी ७० देखि ८० वटा जति नागरिकता बन्ने गथ्र्योे तर आज भने नयाँ नागरिकता तीन र प्रतिलिपि एउटा गरी जम्मा चार वटा बनेको छ, राहदानी १० वटा र सिफारिस तीन वटा गरी जम्मा १३ वटा मात्र बनेको छ’, थापाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७