आजको राशिफल : वि.सं. २०७५ साल कात्तिक ५ गते।


५ कार्तिक २०७५, सोमबार
rashifal today

पञ्चाङ्ग

वि.सं. २०७५ साल कात्तिक ५ गते। सोमबार। इश्वी सन् २०१८ अक्टोबर २२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– त्रयोदशी, २१:२३ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– पूर्वभाद्रपदा, ७:३५ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– ध्रुव, १२:२८ बजेउप्रान्त व्याघात। करण– कौलव, ८:५० बजेदेखि तैतिल, २१:२३ बजेउप्रान्त गर। आनन्दादिमा मुसल योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६:०८ बजे, सूर्यास्त– १७:२७ बजे र दिनमान २८ घडी १६ पला। पञ्चक। सोम–प्रदोष व्रत। अर्घाखाँचीमा सराय पर्व।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दैनिक कार्यमा प्रगति हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । मनमा दुविधा उत्पन्न हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन भावुक र उत्ताउलो बन्नेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । प्रेममा मनमुटाव आउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जोश जाँगर र हिम्मत बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेमीको सहयोग पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । – ज्यो.पं. नारायणप्रसाद दुलाल

कार्तिक महिनाको राशिफल

मेष  

परिवारमा सामान्य असमझदारी देखापर्न सक्छ। जीवनसाथीको स्वास्थ्यप्रति सजग रहनुपर्ने समय छ। व्यवसायमा दौडधुप र संघर्ष गर्नुपर्ला। झूटा आरोपको पनि सामना गर्नुपर्ने हुन सक्छ। यात्रा केही असहज र बाध्यकारी हुन सक्छ। घरेलु काममा अलमल भए पनि बाहिरी कामबाट फाइदा हुनेछ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउन सक्छ। भूमि र उद्योगबाट पनि मनग्गे फाइदा हुनेछ। प्रयत्न गर्दा विशेष पद–प्रतिष्ठा प्राप्त हुनेछ। हिम्मतले काम लिँदा उपलब्धि प्राप्त गर्न सकिनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। आत्मीयजनबाट केही टाढिनुपर्ने परिस्थिति आउन सक्छ। 

बृष

हिम्मतका साथै शुभचिन्तकहरूको साथले विशेष उपलब्धि प्राप्त हुनेछ। भौतिक साधनहरू प्राप्त हुनाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। दिगो फाइदा हुने कामको जग बसाउने समय छ। आर्थिक समस्या समाधान हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। वर्गीय हक हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउन सक्छ। प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने प्रयत्न गर्दा विशेष पद–प्रतिष्ठा प्राप्त गर्न सकिनेछ। दोस्रो सातादेखि थप प्रगति हुनेछ। अध्ययन तथा साहित्य साधनामा लाग्नेहरूलाई पनि फाइदा हुने समय छ।  

मिथुन

समयमा सजग नरहँदा केही अप्ठ्यारा परिस्थिति आउन सक्छन्। वादविवादले समस्या निम्त्याउनेछ भने आफ्नो मान्यतामा अडान लिने बानीले साथीभाइसँगको सम्बन्ध कमजोर बन्नेछ। साझेदारी तथा सगोलको सम्पत्तिले असमझदारी निम्त्याउन सक्छ। पेटको गडबडीले स्वास्थ्यमा पनि कमजोरी देखा पर्नेछ। आत्मीय सम्बन्ध फटाउनेहरू सक्रिय हुनेछन्। तापनि बुद्धिको उपयोगले अघि बढ्नेहरूलाई फाइदा हुनेछ। व्यवसायमा अलि मन्दी आउन सक्छ। अध्ययनमा धेरै समय दिन नसकिए पनि प्रगति हुनेछ। सन्तानको बारेमा केही चिन्ता बढ्न सक्छ। लेनदेन गर्दा आफ्नो मूलधन सुरक्षामा सजग रहनुहोला। 

कर्कट  

घर जग्गाको विवादले केही समस्या निम्त्याउन सक्छ। फसेको धन उठाउन कडारूपमा प्रस्तुत हुनुपर्नेछ। आमाको स्वास्थ्य बिग्रनाले चिन्ता बढ्नेछ। मनको डरले पनि अलि पिरोल्न सक्छ। अरूको समस्या सुल्झाउन खोज्दा आफैं समस्यामा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। प्रयत्न गर्दा साथीभाइले साथ दिनेछन्। एकसाथ अनेक कार्यको थालनी हुन सक्छ। महिनाको उत्तरार्द्धमा उद्योग, कृषि र व्यवसाय बढी फलदायी हुनेछ। रोकिएका घरेलु कामकाज सम्पादन हुनेछन्। घर–परिवारसँग असमझदारी देखिए पनि साझेदारी लाभदायक रहनेछ। शुभचिन्तकहरू काममा सहयोगी बन्नेछन्।


सिंह

अवसर खोज्नेहरूका लागि यो महिना निकै लाभदायक रहनेछ। परिस्थिति अनुकूल हुनाले चिताएको काम सजिलै बन्नेछ। पुरुषार्थी काम सम्पादन हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने मानसम्मान समेत प्राप्त हुने समय छ। काम देखाएरै अरूलाई प्रभावित पार्न सकिनेछ। नोकरी तथा राजनीतिमा राम्रै प्रतिफल हातलागी हुने सम्भावना छ। दाजुभाइको सम्बन्ध वादविवादमा अल्झिने समय रहेकाले सजग रहनुहोला। कृषि तथा उद्योग–व्यवसाय फाइदाजनक रहनेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले नयाँ काम शुभारम्भ गर्न सकिनेछ। कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ। 

कन्या

बलाजफ्ती गर्ने बानीले वादविवाद निम्त्याउन सक्छ। आफन्तमा केही असमझदारी बढ्न सक्छ। मौसमी समस्याले स्वास्थ्य कमजोर रहनेछ। आँखाको समस्याले पनि सताउन सक्छ। लेनदेनका कारण साथीभाइसँग विवाद आउन सक्छ। महिनाको उत्तरार्द्धमा प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ। लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ। भूमिबाट प्रशस्त फाइदा मिल्नेछ। दाजुभाइको सहयोग जुट्नाले जटिल कामसमेत सम्पादन हुनेछन्। अप्ठ्यारा तथा कीर्तिमानी काम सम्पादन हुनेछन्। व्यवसायमा पनि राम्रै फाइदा उठाउन सकिनेछ। नाम, दाम र इनाम प्राप्त हुनेछ। 

तुला

विभिन्न अवसर प्राप्त भए पनि गलत विचारले पछि पार्न सक्छ। टाउको दुखाइ वा आँखाको कमजोरीले सताउन सक्छ। बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लाग्नेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ भने महिनाको अन्त्यतिर अनावश्यक खर्च हुने सम्भावना छ। तापनि दिगो फाइदा हुने काममा हात हाल्न सकिनेछ। नजिकका साथीभाइ टाढिनेछन् भने आफन्तसँग पनि असमझदारी बढ्न सक्छ। शुभचिन्तकहरूलाई साथ लिएर अघि बढ्दा मात्र विशेष फाइदा हुनेछ। दौडधुपमा धन खर्च हुनेछ।  


बृश्चिक

परिस्थिति कमजोर रहनाले चिताएको फाइदा नउठ्न सक्छ। विवादास्पद काममा हात हाल्नाले लगानी खेर जानेछ। व्यवसायमा केही मन्दी र आयआर्जनमा कमी आउन सक्छ। अनावश्यक दौडधुपमा समय बित्नेछ। आशा देखाउनेहरूले उल्टै आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। वादविवाद र मुद्दा(मामिलाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन्। तत्काल फाइदा नभए पनि पछि फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। अरूका विषयमा धेरै चासो नलिनुहोला। महिनाभरको आयस्रोत भने बलियै रहनेछ। चिताएको काम पनि बिस्तारै सम्पादन हुनेछ।


धनु

मिहिनेत गर्दा आकस्मिक लाभ हुने समय छ। उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ। मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। आयआर्जनका स्रोतसमेत बढ्नेछन्। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ। परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। कृषि, पशुधनबाट पनि थथेष्ट लाभ मिल्नेछ। भोगविलासमा मन रमाउनेछ। उच्च महत्त्वाकांक्षाले केही हानि समेत हुन सक्छ, सचेत रहनुहोला। ९नेपाली पात्रो०

मकर


विभिन्न व्यवधानका बीच कीर्तिमानी काम सम्पादन हुन सक्छ। लगनशीलताले धेरैको मन जित्न सकिनेछ। राष्ट्रियस्तरको मानसम्मान पाइने समय छ। प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ। नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदाको समय छ। घरमा मंगलमय कार्यहरू सम्पादन हुनेछन्। प्रशस्त धनलाभ हुनेछ। बहुमूल्य रत्नहरू संग्रह गर्न सकिनेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। आफन्त तथा परिवारजनमा आत्मीयभाव बढ्नेछ। आफ्नो वर्गको नेतृत्व गर्दै रमाइलो यात्रा गर्ने अवसर पनि मिल्नेछ।  

कुम्भ

सरोकार नभएका विषयमा रुचि राख्नाले अनावश्यक दुःख पाइनेछ। स्थायी सम्पत्तिमा केही विवाद आउला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बलजफ्ती गर्दा हातमा आएको अवसर गुम्न सक्छ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। मेहनत गर्दा राम्रै आम्दानी र उपलब्धि हातलागी हुनेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। शुभचिन्तकको सहयोगले काम बन्नेछ। दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ। विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। ९नेपाली पात्रो०

मीन 


काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। आर्थिक अभावले पनि सताउन सक्छ। स्वास्थ्यमा कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। केही दण्ड–जरिवाना पनि सम्भावना छ। खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। मौका आए पनि परिबन्धले पछि पार्न सक्छ। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। परिस्थितिलाई पछ्याउन नसक्दा महत्वपूर्ण वस्तु गुम्न सक्छ। तेस्रो सातादेखि शुभचिन्तकहरू जुट्नाले केही चुनौतीहरू हट्न सक्छन्। बिस्तारै परिस्थिति अनुकूल बनाउन सकिनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७