मेनुकालाई भारतीय शो ‘सारेगामापा’मा तारिफको वर्षा, निर्णायकलाई रुवाईन


५ कार्तिक २०७५, सोमबार
menuka paudel

काठमाडौं, ५ कात्तिक । नेपाली रियालिटी शो नेपाल आइडलको टप टेनमा पुगेकी मेनुका पौडलले भारतीय शो ‘सारेगामापा’मा गीत गाएर निर्णायकलाई रुवाएकी छिन् ।

‘सारेगामापा’को अडिसनमा लता मंगेशकरको आवाजमा रहेको ‘जाने क्या बात है…’ गीत गाएकी उनले सुमधुर आवाज दिएर निर्णायकलाई स्तब्ध पारेकी हुन् ।

भारतकै चर्चित गायन रियालिटी शो मध्येको एक रहेको ‘सारेगामापा’को अडिसन राउण्डबाट सेलेक्ट भएकी छिन् । नेपालमा पहिलो पटक सारेगामापाको अडिसन भएको थियो जसबाट उनी चुनिएकी हुन् । 

शनिबार रातिमात्र जी टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छानिएकी छन् ।

गीत गाउँदा शोमा उपस्थित निर्णयकसँगै जुरी मेम्बरलेहरू आँशु झारेका थिए । उनको प्रस्तुतीको सरहाना गर्दे सबै जजहरू र उपस्थित अन्यले स्ट्याण्डिङ ओभिसनसमेत दिएका थिए ।

रहेका संगीतकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे । भने गीत गाइरहँदा आँसु झारेका शेखरले भने ‘तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७