लुक्लामा हेलिकोप्टर ठोकिए


५ कार्तिक २०७५, सोमबार
helicopter jumla 20181022073329

काठमाडौं, ५ कात्तिक । सोलुखुम्बुको लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दुई वटा हेलिकोप्टर एकापसमा ठोकिएका छन् ।

helicopter jumla 20181022073329

हेलिप्याडमा एयर डाइनेष्टी र माउन्टेन हेलिकप्टर ठोकिएको हो । बिहान ११ः४० बजे एअर डाइनेस्टीको हेलिकप्टर टेकअप हुने क्रममा हेलिप्याडमा बसी रहेको विथ्री मोडलको नाइन एन एके बी को माउण्टेन हेलिकप्टरमा ठोकिदा क्षति पुगेको जनाइएको छ ।

माउण्टेन हेलिकप्टरको पंखा चर्केर काम नलाग्ने अवस्थामा छ भने पछाडि प्वाल परेको स्थानीयबासी टासी शेर्पाले जानकारी दिएका छन् । हेलिप्याड साँघुरो भएकाले टेकअप हुँदा हावाले पंखा घुमेपछि क्षति पुगेको प्रत्यक्षदर्शी समेत रहेका शेर्पाले बताएका छन् ।

दुईवटा साँघुरो बारीमा नागरिक उड्ययन प्राधिकरणले पाँच वटासम्म हेलिकप्टर एकै पटक अवतरण गर्ने अनुमति दिएको छ । नागरिक उड्ययन प्राधिकरणको लापर्वाहीका कारण हेलिकप्टर दुर्घटना भएको स्थानीयको आरोप छ ।

खुम्बु क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग भएकाले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दैनिक जहाज र हेलिकप्टर गरी एक सय २५ र मासिक दुई हजार पाँच सय १४ वटासम्म उडान हुने गरेको प्राधिकरणको तथ्याङ्क छ । हेलिकप्टरले एक सय २० वटासम्म उडान गर्ने गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७