छिमेकी दाइबाटै बालिका बलात्कृत, खेल्न बोलाएर बलात्कार


५ कार्तिक २०७५, सोमबार
rape minor

कञ्चनपुर, ५ कात्तिक । कञ्चनपुरकी एक बालिका छिमेकी दाइबाटै बलात्कृत भएकी छन् ।
कञ्चनपुरमा तीन वर्षीय बालिका बलात्कृत भएकी हुन् ।

rape minor

गए राति भीमदत्त नगरपालिका, १२ की बालिका बलात्कृत भएकी हुन् । छिमेकीबाट बालिका बलात्कृत भएको पीडित परिवारले बताएका छन् ।

वडाका स्थानीय नेता गिरी सुनारका अनुसार साँझ साढे ७ बजेतिर पीडित बालिकाको घरमा खेल्न आएका १४ वर्षीय बालकले बलात्कार गरेका हुन् ।

‘बालिकालाई फकाएर घर पछाडि लगेर बलात्कार गरेछ’, ‘नेता सुनारले भने, ‘बालिकाले आमालाई बताएपछि बलात्कार भएको खुलेको हो ।’ बालिकाले आमालाई घटना वितरण बताएपछि राति नै उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको सुनारले बताए ।

‘बालिकाको योनी सुनिएर रगत बगेको थियो’, ‘सुनारले भने, ‘उपचार गराएपछि घर लिएर गयौँ ।’ अहिले बालिकाको स्वास्थ्य अवस्था सुधार भएको परिवारले बताएका छन् ।

तीन वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बालकलाई पक्राउ गरेको छ । कञ्चनपुर प्रहरीले बालिका बलात्कार भएको पुष्टी गरेको छ । पीडक बालक भएकाले कानुन अनुसार कार्बाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७