अहिले पनि नेकाको बलियो अस्तित्व छ : महामन्त्री डा. कोइराला


५ कार्तिक २०७५, सोमबार
sasanka koirala

मोरङ, ५ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले नेपाली कांग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको दावी गरेका छन् ।

sasanka koirala

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको सक्षिप्त कुराकानीमा उनले जति सक्दो पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा जोड दिए ।

उनले पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै पार्टीको पराजय नेतृत्वले मात्र होइन सबैले लिनुपर्नेमा जोड दिए ।

सोही अवसरमा नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकार सञ्चालन गर्ने जनादेश पाएको वर्तमान सरकार अलमलमा पर्न नहुने तर्क गरे । उनले वर्तमान सरकारको सफलतासँगै राजनीतिक उपलब्धि पनि संस्थागत हुने भएकाले युगान्तकारी परिवर्तन गर्न बनेको संविधान पूर्ण कार्यान्वयन हुनुपर्ने बताए ।

नेता गच्छदारले आगामी निर्वाचनमा सफलता हात पार्न कांग्रेस अहिलेदेखि नै जनता र कार्यकर्ता माझ जानसक्ने कार्यक्रम तयार गर्नुपर्ने विचार पनि व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७