अनु मलिक इण्डियन आइडलको निर्णायकबाट आउट, लाग्यो यौन उत्पीडनको आरोप


५ कार्तिक २०७५, सोमबार
phpThumb generated thumbnail

काठमाडौं, ५ कात्तिक । ‘तु मुम्बई आ रहा है । तु मुम्बई आ रहा है ।’ सोनी टेलिभिजनको चर्चित इण्डियन आइडल शोका निर्णायक अनु मलिकको यो लाइन अब तपाईँले सुन्न सक्नुहुन्न ।

phpThumb generated thumbnail

अनु मलिक अब इन्डियन आइडलको निर्णायकका रुपमा देखिने छैनन् ।
मि टू अभियानका क्रममा गायिका सोना महापात्रा र श्वेता पण्डितले अनु मलिकमाथि यौन उत्पीडनको आरोप लगाएका थिए ।

यौन उत्पीडनको आरोप लागेपछि सोनी टेलिभिजनले एक विज्ञप्ति जारी गर्दै अनु मलिकलाई इन्डियन आइडलको निर्णायक मण्डलबाट हटाएको हो ।

सोनी टिभीले भनेको छ, ‘अनु मलिक अब इन्डियन आइडलको जूरी प्यानलमा छैनन् । शो पहिलेजस्तै नै चलिरहन्छ । हामी शोमा भारतीय संगीत क्षेत्रका कैयौँ ठूला नामलाई पाहुनाका रुपमा बोलाउनेछौँ । उनीहरुले विशाल र नेहासँग मिलेर इन्डियन आइडल–१० का प्रतिभाशाली प्रतियोगीहरु छान्ने छन् ।’

तर समाचार एजेन्सी पीटीआईसँग अनु मलिकले भनेका छन्, ‘मैले इन्डियन आइडलबाट ब्रेक लिने निर्णय गरेको छु । किनकि मैले आफ्नो काममा समय दिनै भ्याएको थिइनँ । च्यानल मेरो निर्णयसँग सहमत छ ।’ अनु मलिक सन् २००४ देखि इन्डियन आइडलसँग जोडिएका थिए ।

anu

केही दिनअघि गायिका श्वेता पण्डितले अनु मलिकले आफूमाथि यौन उत्पीडन गरेको बताउँदै ट्विटरमा लेखेकी थिइन्, ‘सन् २००० मा ‘मोहब्बते’ फिल्मसँगै मेरो करियरको शुरुवात भयो । म आफ्नो सफलतालाई कायमै राख्न राम्रो नयाँ गीतको खोजीमा थिएँ ।

त्यसैबेला मलाई अनु मलिकको म्यानेजरको फोन आयो । सन् २००१ मा मलाई अंधेरीको एम्पायर स्टुडियोमा बोलाइयो । म एकदमै उत्साहित थिएँ । एउटा क्याबिनमा म र अनु मलिक थियौँ । बिना संगीत उनले मलाई गीत गाउन भने ।

गीत सुनेपछि अनुले भने – म तिमीलाई शान र सुनिधिसँग एउटा गीत गाउने मौका दिनेछु तर त्यसभन्दा पहिले तिमीले मलाई किस गर । यो भन्दै गर्दा अनु मुस्कुराइरहेका थिए । मेरो सम्झनामा त्यो एकदमै खराब मुस्कान थियो । त्यतिबेला म केवल १५ वर्षकी थिएँ । विद्यालय जान्थेँ । म कल्पनै गर्न सक्दिनँ कि त्यो कस्तो पल थियो ?’
एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७