सन् २०२३ विश्वकपका लागि आईसिसीले ल्यायो ‘नयाँ फम्यार्ट ’


५ कार्तिक २०७५, सोमबार
Nepali cricket

काठमाडौं, ५ कार्तिक । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसिसी)ले एकदिवसीय विश्वकप क्रिकेटका लागि नयाँ फम्यार्ट ल्याएको छ ।

शनिबार आइसिसीको कार्यकारी कमिटीका सिंगापुरमा बसेको बैठकले भारतमा हुने एकदिवसीय पुरुष विश्वकप प्रतिस्पर्धा छनोटका लागि नयाँ ढाँचा ल्याएको हो ।

भारतमा हुने सन् २०२३ को विश्वकपमा विभिन्न १० टोलीले खेल्नेछन् । सन् २०१९ मा बेलायत र वेल्सले आयोजना गर्ने विश्वकपमा पनि १० राष्ट्रबीच मात्र प्रतिस्पर्धा हुनेछ ।  तर, विश्वकप अघिको २ देखि ३ वर्षको अवधिमा विभिन्न राष्ट्रले ३७२ वटा छनोट खेल खेल्नु पर्नेछ ।

यसबाट क्रिकेटमा प्रगति गर्दै आएका तल्लो तहका राष्ट्रलेसमेत माथिल्लोस्तरको राष्ट्रसँग खेल्ने मौका पाउनेछन् ।

विश्वकपको ढाँचा अनुसार ३ वटा लिगहरू हुनेछन् । जसमध्ये आईसिसी सुपर लिग, आईसिसी लिग–२ र च्यालेन्ज कप हुनेछन् ।

सुपर लिगमा १३ राष्ट्र रहनेछन् । १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड गरी १३ टिम रहनेछन् ।  तीन वर्षसम्म चल्ने आइसिसी वल्ड डिभिजन लिग क्रिकेट प्रतियोगिताको विजेता नेदरल्यान्डलाई १३औँ राष्ट्रका रूपमा सुपर लिगमा समावेश गरेको छ । यस प्रतियोगिताका शीर्ष आठ टोलीले सीधै विश्वकप खेल्नेछन् ।

सुपर लिगका बाँकी पाँच टिमले सन् २०२३ को विश्वकप छनोट खेल्नेछन् । विश्वकप छनोटमा १० टोलीले खेल्नेछन्। जसमा शीर्ष दुई टोलीले विश्वकप खेल्न पाउनेछन् । यस विश्वकप छनोटमा सुपर लिगका पाँच, आईसिसी लिग–२ का ३ र विश्वकप छनोट प्ले अफका २ टोलीले खेल्नेछन् ।

आइसिसीले विश्वकप छनोटका लागि विभिन्न चरण प्रतियोगिता आयोजना गर्नेछ । तीन वर्षमा विभिन्न महादेशमा गरी ३ सय ७२ छनोट खेल हुनेछन् । जसबाट दुई राष्ट्र मात्र सन् २०२३ को विश्वकपमा छनोट हुनेछन् ।

यसपटकको छनोट चरणमा तल्लो वरीयताका राष्ट्रले पनि बलियो राष्ट्रविरुद्ध छनोट चरणमा प्रतिस्पर्धा गर्न अवसर पाउने आइसिसीले जनाएको छ । विश्व क्रिकेट लिगमा रहेका २१–३२ वरीयता पाएका राष्ट्रले समेत विश्वकप छनोट खेलमा सहभागी हुन पाउने जनाएको छ ।

आइसिसीले चार वर्षका अस्थायी रूपमा मान्यता दिएका राष्ट्रहरूले सुपर लिग–२ प्रतिस्पर्धा गर्नेछन । एकदिवसीय मान्यता पाएका ७ टोलीले खेल्नेछन् । यस लिगमा नेपालसहित युएई, स्कटल्याण्ड र डिभिजन–२ बाट आएका ४ टोलीले खेल्नेछन् । डिभिजन २ मा हङकङ, पपुवा न्यूगिनी, क्यानडा र नामिबिया छन् । जसबाट शीर्ष ३ टोलीले विश्वकप छनोट खेल्नेछन् ।

बाँकी ४ टोलीले विश्वकप छनोट प्ले अफ खेल्नेछन् । प्ले अफमा ६ टोलीले खेल्नेछन् । थप दुई टोली च्यालेन्ज कपबाट आउनेछन् ।

सुपर लिगका शीर्ष तीन राष्ट्रले विश्वकप छनोट खेल्नेछन् । बाँकी चार राष्ट्र विश्वकप छनोट प्ले अफमा पुग्नेछन् । प्ले अफमा ६ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । च्यालेन्ज कपबाट दुई राष्ट्र आउने छन् ।

आइसिसीले तेस्रो चरणमा च्यालेन्च कप राखेको छ । आइसिसीले यस समूहमा १२ राष्ट्रलाई दुई समूहमा विभाजित गरेको छ । शीर्ष टोलीले विश्वकप छनोट प्ले अफमा स्थान बनाउनेछन्  ।

बेलायत र वेल्सले आयोजना गर्ने एकदिवसीय पुरुष एकदिवसीय विश्वकपपछि नै आइसिसीले १–३२ राष्ट्रका वरीयता सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । जसअनुरूप डिभिजन–५ मा रहने राष्ट्रहरूले पनि विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न अवसर पाउनेछन् । दुई टोलीको विजेताले विश्वकप छनोट प्ले अफमा स्थान बनाउनेछन् ।

आइसिसीले विश्वकप छनोटका लागि वरीयता सन् २०१९ को एकदिवसीय विश्वकप समाप्तिपछि सार्वजनिक गर्नेछ ।

यस्तो छ नयाँ फर्मोट

सुपर लिग खेल्ने टिमहरू
अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, पाकिस्तान, वेष्टइन्डिज र जिम्बाम्बे

लिग २ खेल्ने देशहरू
स्कटल्याण्ड, नेपाल, युएई र आइसिसि डिभिजन २ का शीर्ष ४ टोली

च्यालेन्ज कप लिग ए र बी

विश्व क्रिकेट लिगमा रहेका मध्ये २१ देखि ३२ वरीयताका १२ टोली।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७