निर्णयमा त्रुटी भएको स्वीकार, फेरि गल्ती नगर्ने अध्यक्षद्धयको प्रतिबद्धता

प्रवक्ताबाट नारायणकाजीले दिएको राजिनामा अस्वीकृत


५ कार्तिक २०७५, सोमबार
CPN Meeting

काठमाडौं, ४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको असहमति पत्रमा गम्भीर छलफल भएको छ । 

नेपालको लिखित असहमतिमाथि भएको छलफलपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर त्रुटी भएको स्वीकार गर्दै भबिष्यमा गल्ती फेरि नगर्ने प्रतिबद्धता जनाएका छन्।

पार्टी एकीकरणअनुसार अघिल्ला दिनमा भएका विधि, विधान र निर्णयलाई मिचेर स्थानीय तह लगायतका नेतृत्व तोकेको भन्दै आगामी दिनमा त्रुटी नगर्ने र नदोर्होयाउने सहमति भएको छ ।

CPN Meeting

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा भएको यो सहमतिसँगै यसअघि पार्टीको प्रदेश इञ्चार्ज, सह इञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णय बैठकले सदर गरेको छ ।

बैठकमा आगामी दिनमा यस्ता गम्भीर त्रुटी नगर्ने, यी कुरालाई नदोर्होयाउने सहमति भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्रोतका अनुसार सोमबार दिउँसो २ बजेदेखि बसेको बैठकमा पार्टीमा असहमती जनाउँदै आएको माधव नेपालले प्रस्तुत गरेको असहमतिपत्र बारे गम्भीर छलफल भएको थियो ।

बैठकमा ५ असोजको केन्द्रीय सचिवालयको बैठकप्रति असहमति जनाउँदै बरिष्ठ नेता नेपालले पेश गरेको असहमति पत्र दर्ता गरेका थिए ।

नारायणकाजीको राजिनामा अस्वीकृत

Narayan kaji shrestha
नेकपाका प्रवक्ता श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक पछि पत्रकारसँग कुराकानी गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ

बैठकले पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले दिएको राजिनामा अस्विकार गरेको छ । चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसन गरेका डा गोविन्द केसीसँगको भेटलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएपछि श्रेष्ठले प्रवक्ता पदबाट राजिनामा दिएका थिए।

पार्टीको बाँकी एजेन्डामा छलफल गर्न आगामी ७ गते दिउँसो ३ बजे अर्को बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७