मारिएका साउदी पत्रकारप्रति साउदी राजपरिवारको समवेदना


६ कार्तिक २०७५, मंगलवार
Jamal Khashoggi
ISTANBUL, TURKEY – OCTOBER 08: A man holds a poster of Saudi journalist Jamal Khashoggi during a protest organized by members of the Turkish-Arabic Media Association at the entrance to Saudi Arabia’s consulate on October 8, 2018 in Istanbul, Turkey. Fears are growing over the fate of missing journalist Jamal Khashoggi after Turkish officials said they believe he was murdered inside the Saudi consulate. Saudi consulate officials have said that missing writer and Saudi critic Jamal Khashoggi went missing after leaving the consulate, however the statement directly contradicts other sources including Turkish officials. Jamal Khashoggi a Saudi writer critical of the Kingdom and a contributor to the Washington Post was living in self-imposed exile in the U.S. (Photo by Chris McGrath/Getty Images)

रियाद, ५ कात्तिक । रहस्यम तरिकाले हत्या गरिएका साउदी पत्रकारका परिवारजनप्रति साउदी राजपरिवारले समवेदना व्यक्त गरेको छ ।

साउदी राजा सल्मान बिन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद बिन सल्मान बिन अब्दुलाजिजले पत्रकारका परिवारजनप्रति समवेदना व्यक्त गरेको हो ।

मारिएका साउदी पत्रकार जमाल खाशोग्गीका छोरालाई उनीहरुले समवेदना व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ ।

साउदीको राज्यद्वारा संचालित समाचार संस्था साउदी प्रेस एजेन्सीले आइतबार संप्रेषण गरेको समाचारमा स्वर्गीय पत्रकारका छोरा सलेह खाशोग्गीले शाही परिवारप्रति धन्यवाद पनि व्यक्त गरेको उल्लेख छ ।

द वासिङटनपोष्टका स्तंभकार समेत रहेका साउदी पत्रकार खाशोग्गी टर्कीको स्तानबुलमा रहेको साउदी बाणिज्य दूतावासबाट यही अक्टोबर २ तारिखदेखि बेपत्ता भएको थियो ।

राज्यले उनको अघिल्लो शनिबार नै भिडन्तका क्रममा हत्या भएको दावी गरेको थियो । तर हत्याका बारेमा थप विवरण भने दिइएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७