भारतका प्रधानमन्त्री मोदीलाई नेपाली गायिका मन परेपछि…


६ कार्तिक २०७५, मंगलवार
Narendra modi 1

काठमाडौं, ६ कात्तिक । एक नेपाली गायिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन जित्न सफल भएकी छन् ।

Narendra modi 1

ती गायिकाको सफलताकै कारण भारतीय प्रधानमन्त्री मोदीले समेत नेपाली गायिकाको प्रशंसा गर्दै भावनात्मक शब्दहरु खर्च गर्न लोभ गरेनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शास्त्रीय सांगीतिक समूह ‘सुरसुधा’ की मुख्य गायिका सरस्वती खत्रीको गायन शिल्पीको प्रशंसा गरेका छन् ।

iswor 22102018055556

प्रधानमन्त्री मोदीले सोमबार अपरान्ह ट्वीटमार्फत गायिका खत्रीको प्रंशसा गरेका हुन् ।
प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटमार्फत गान्धीको उक्त प्रिय भजनले नेपाल र भारत दुबै देशको मूल्य–मान्यतालाई प्रतिविम्बित गर्ने बताएका छन् ।

गायिका खत्रीको स्वरमा रेकर्ड गरिएको महात्मा गान्धीका प्रिय भजन ‘बैष्णव जन ते तेने कहिए’ सुनेपछि प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भनेका छन्, ‘गायिका खत्रीको स्वरमा उक्त भजन श्रवण गर्न पाउँदा आफ्नो नेपाल भम्रणको स्मृति ताजा भएको छ ।’

modi

विश्व शान्तिका प्रणेता महात्मा गान्धीको १५० औं जन्मजयन्ती मनाउन उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलेको आतिथ्यमा राष्ट्रियसभा गृहमा आयोजित एक समारोहमा गायिका खत्रीले उक्त भजन गाएकी थिइन् ।
भिडियोसहित

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७