सरकार आफै मात्र बोल्ने होइन, आलोचना सुन्न पनि तयार हुनुपर्छ : माधव नेपाल


६ कार्तिक २०७५, मंगलवार
Madhav Kumar Nepal

कोहलपुर, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सबै कुरामा आफै सक्षम छु भन्ने भन्दा पनि नागरिकको आलोचना समेत सुन्नु पर्ने बताएका छन् ।

madhav nepal 2

बाँकेको कोहलपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले भने, ‘सरकारबाट काम गर्दै जाँदा गल्ती भएका हुन सक्छन्, आलोचना सुन्नै नसक्ने, गल्ती नै भएको छैन जस्तो गरेर सरकार प्रस्तुत हुनु हुँदैन ।’

आलोचनालाई पनि सरकारले सकारात्मक रूपमा लिन सक्नुपर्ने उनको भनाइ छ । तर, सरकारको कमजोरी भयो भन्दैमा धारे हात पनि लगाउन नहुने उनले बताएका छन् । उनले सडक पनि प्रतिपक्षीलाई छाड्न नहुने विचार व्यक्त गरेका छन् ।

‘सडक र सदनको नेता कम्युनिष्ट पार्टीकै हुनुपर्छ’, उनले थपे, ‘जसले सरकारलाई सही मार्गमा डोरायाउन सघाउ पुर्‍याउँछ ।’ उनले पार्टीले सरकार चलाउने तर सरकारले पार्टी चलाउन नहुने बताउँदै भने, ‘स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारको काम कार्बाहीको निगरानी पनि पार्टीले नै गर्छ ।’

यसैबीच जितेकै ठाउँमा पनि समस्या हुन सक्ने र विपक्षीहरू सल्बलाउन सक्ने भएकाले काठमाडौं–७ बाट वामदेव गौतमलाई ‘ब्याक’ गराइएको उनले बताएका छन् ।

उनले पार्टी संगठनका बारे बोल्दै भने, ‘केन्द्रीय कमिटीको पनि एक पाटोमा मात्रै एकीकरण भएको छ’, उनले भने, ‘धेरै कामहरू बाँकी छन्, अबको स्थायी समितिको बैठकपछि प्रक्रिया द्रूत गतिमा अघि बढ्छ ।’ नेकपाले यही १२ र १३ गते स्थायी समितिको बैठक बोलाएको उनले जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७