चार अर्बको हदप्रद शेयर खुल्दै, कुन कम्पनीको कति ? (सूचीसहित)


६ कार्तिक २०७५, मंगलवार
nepal stock

काठमाडौं, ६ कात्तिक । के तपाई शेयर लगानीका लागि उचित ठाउँ र वातावरणको खोजीमा हुनुहुन्छ ? यदि यसो हो भने तपाईले अब आफूलाई मन परेको कम्पनीमा शेयर लगानी गर्न सक्नु हुने भएको छ ।

nepal stock

केहि दिनभित्रै नेपालका विभिन्न नाम चलेका कम्पनीहरुले चार अर्ब रुपैंयाँ बराबरको हदप्रद शेयर खुल्ला गर्ने भएका छन् ।

ती कम्पनीहरुले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिइसकेको जनाएका । बोर्डले अनुमति दिएपछि धमाधम कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्ने तयारी भइरहेको ती कम्पनीले जानकारी दिएका छन् ।

लघुवित्त, जलविद्युत, विमा कम्पनी, फाइनान्स लगायत कम्पनीले ३ अर्ब ८३ करोड २ लाख ७४ हजार ४ सय ५० रुपैयाँ बराबरको ३ करोड ८३ लाख २ हजार ७ सय ४४.५० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछन् ।

बोर्डमा प्रक्रियामा रहेका केही कम्पनीले १ बर्षभन्दा पहिले नै निष्काशनको अनुमति मागे पनि बोर्डले हालसम्म दिएको छैन । यद्यपि, बोर्डले समयमै आवश्यक कागजात पेश नगर्नेको निष्काशन ढिला हुने गरेको बताउँदै आएको छ ।

सबैभन्दा बढी अपि पावर कम्पनीले २ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद ेयर जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले २ अर्ब १० करोड रुपैयाँ बराबरको २ करोड १० लाख कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ ।

१ः२ अनुपातमा आउने अर्थात २०० प्रतिशत यस हकप्रदको बिक्रि प्रबन्धकको व्यवस्था सिद्धार्थ क्यापिटलले गर्नेछ । यसले २०७४ असार ३० गतेनै अनुमतिको माग गरेर बोर्डमा आवेदन दिएको हो ।

यस्तै श्रीराम सुगर मिल्सले पनि ८९ करोड ३ लाख ९४ हजार ९ सय ८१ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्दैछ । कम्पनीले २०७४ बैशाख २८ गते नै बोर्डसँग अनुमति माग गर्दै निवेदन दिएको हो ।

यसले चुक्ता पुँजीको ३०० प्रतिशत हकप्रद जारी गर्नेछ । यसको ८९ लाख ३ हजार ९ सय ४९.८१ कित्ता हकप्रद बोर्डको पाइपलाइनमा छ ।

यसको पनि बिक्रि प्रबन्धकको काम सिद्धार्थ कयापिटलले नै गर्नेछ । यस्तै बरुण हाइड्रोपावर कम्पनीले पनि २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्दैछ ।
हेर्नुस् सूची

fa928b10 c5b1 4995 a482 2a718fc7842b

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७