चीनको अर्को चमत्कार, चीन-हङकङ-मकाउ जोड्न बनायो विश्वकै लामो सामुद्रिक पुल


६ कार्तिक २०७५, मंगलवार
China Will Open the Worlds Longest Sea Bridge This Week
The Hong Kong-Zhuhai-Macau Bridge was lit up in Hong Kong on Monday, days before opening for public use. Called the world’s longest cross-sea project, the bridge and tunnel extends for 34 miles.

हङकङ :  चीनले संसारलाई चकित तुल्याउने गरी छोटो समयमै विश्वकै लामो समुन्द्री पुलको निर्माण कार्य सम्पन्न गरेको छ । हङकङ–मकाउ–चुहाई जोड्न ७ किलोमिटर सामुद्रिक सुरङसहित ५५ किलोमिटर लामो सामुद्रिक पुल चीनले निर्माण गरेर उद्घाटन गरेको हो ।

China Will Open the Worlds Longest Sea Bridge This Week
तस्बिरहरु ऐजेन्सी



चिनियाँ सहर जुहाईको हुँदै मकाउ जोड्ने विश्वकै लामो यो पुल अक्टोबर २४ बाट खुल्ला हुने भएको हो । ५५ किलोमिटर लामे पुललाई एक कार्यक्रमकाबीच चिनिया राष्ट्रपति सि जिनपिङले मंगलबार गरेका छन् ।

यो पुल पर्ल रिवर एस्चुरीको लिङ्गदिङग्याङ्ग क्षेत्रमा निर्माण भएको छ । चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ ।

China Hongkong
पुल उद्घाटन । तस्बिर : एपी



२० अर्ब अमेरिकी डलर लागतमा यो पुल निर्माण भएको हो । सन् २००९ बाट निर्माण सुरु यो पुलमा बुधबारबाट यातायतका साधन गुड्नेछन् । यो ६ लेनको पुलको आयु १२० बर्ष तोकिएको छ ।

worlds longest sea bridge linking Hong Kong Macau Zhuhai


५ हजारभन्दा बढी नेपालीको सहभागिता
पुल निर्माणका क्रममा ७ जना कामदारको मृत्यु भएको थियो भने १२० जना घाइते भएका थिए । पुल निर्माणमा एक नेपालीको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । यो पुल निर्माणमा ५ हजारभन्दा बढी नेपाली संग्लन भएको त्यहाँका सञ्चार माध्यमहरुले उल्लेख गरेको छ ।

China opens worlds longest sea bridge



विश्वको सबैभन्दा लामो यस पुलमा पैदल हिँड्न निषेध गरिएको छ । हङकङबाट चिनियाँ सहर जुहाई जान कबिर ४ घण्टा लाग्ने गर्छ । तर, पुल संञ्चालनमा आएपछि त्यो यात्रा जम्मा ३० मिनेटको हुनेछ । चीनको अर्को विशेष प्रशासनिक क्षेत्र मकाउ पुग्नलाई यो पुल झनै सजिलो हुने भएको थियो । यसअघि हङकङ र मकाउबीच सिधा यतायात सम्पर्क थिएन ।

चीनका उपप्रधानमन्त्री भन्छन्, ‘विकासका एक भाग’

China Hongkong Pul


चीनका उपप्रधानमन्त्री हान जेङले यस पुलको निर्माण विकासको एक भाग भएको बताए । यस मेगा ब्रिजले हङकङ र मकाउ शहरसँग दक्षिणी चीनका नौ ओटा शहरलाई आर्थिक लगायतका सञ्जालसँग जोड्ने जेङको भनाई छ ।

तर विश्लेषकहरु भन्छन्, ‘यो पुल हङकङलाई चीनमा एकीकृत गर्ने थप एउटा बाटो हो र यसले हङकङको स्वतन्त्रताको अभियानलाई थप खुम्च्याउन सक्छ ।’

China and Hongkong


चीनद्धारा निर्मित हङकङ र चीनको मुख्य भूमि जोड्ने यो दोस्रो परियोजना हो । यसअघि गत महिना चीनले हङकङलाई जोड्ने द्रूत गतिको रेल निर्माण गरी सञ्चालनमा आएको थियो ।

worlds longest sea bridge linking Hong Kong Macau Zhuha1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७